राजेन्द्र सिह विष्ट / कञ्चनपुर: तीन विश्वविद्यालयविच त्रिपक्षीय सम्झौता भएको छ । सुदूरपश्चिम, मध्यपश्चिम र त्रिभुवन विश्वविद्यालयविच सम्झौता भएको हो । बुधबार एक कार्यक्रमका विच सुपविको रमारोहन हलमा त्रिपक्षीय सम्झौता भएको सुप विश्वविद्यालयका प्रशासकीय अधिकृत नबिन बमले बताए ।

उनका अनुसार तीनै विश्विद्यालयविच विश्वविद्यालयको विद्यमान उच्च प्राज्ञिक जनशक्ति अभावलाई डिजिटल माध्यामबाट दक्ष शैक्षिक जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउने, शिक्षक, विद्यार्थीको अध्ययन अनुसन्धानमा सहजता ल्याउने सहमतीमा हस्ताक्षर गरिएको छ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको उपस्थितिमा सुपविका उपकुलपति प्राडा हेमराज पन्त, मध्य पश्चिमविका उपकुलपति प्राडा धुव्र कुमार गौतम र त्रिविका उपकुलपति प्राडा दीपक आचार्यले सहमती पत्रमा हस्ताक्षर गरेका छन ।

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्टार प्राडा बिनोद लेखकले तीनै विश्विद्यालयविच भएको उच्च शिक्षा सुधार कार्यक्रमबाट विद्यार्थी, प्राध्यापक, कर्मचारीदेखि नेपालकै उच्च शिक्षामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन । देशकै जेठो र कान्छा विश्वविद्यालयविच भएको शैक्षिक सम्झौता सबै पक्षबाट कार्यान्वयन भए उच्च शिक्षा सुधारको विद्यार्थीले अपेक्षा राखेका छन ।







