शियन लाइफ इन्स्योरेन्सद्वारा गुरुकुलम विद्यालयमा खाद्यान्न वितरण


कञ्चनपुर : १८ औं वार्षिक उत्सवको अवसर पारेर एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिवधाम गुरुकुलम आधारभूत विद्यालयमा खाद्यान्न सामग्री वितरण गरेको छ। कम्पनीले विद्यालयका विद्यार्थी तथा आवासीय व्यवस्थामा सहयोग पुर्याउने उद्देश्यले चामल, दाल, तेल, नुन आलु लगायतका फलफूल हस्तान्तरण गरेको हो।

कार्यक्रममा महेन्द्रनगर कम्पनीका शाखा प्रबन्धक नवराज पण्डितले शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्याउनु आफ्नो दायित्व भएको बताउँदै आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। १८ जना बटुकहरू अध्ययन गरिराखेका शिवधाम गुरुकुलम आधारभूत विद्यालयमा आफ्नो कुनै पनि स्रोत नरहेको यस्तै सामाजिक क्षेत्रबाट प्रदान भएको साथ सहयोगले चलिरहेको अवस्था रहेको शिक्षक रामदत्त अवस्थीले बताउनुभयो।साथै एशियन लाइफ इन्स्योरेन्स कम्पनीप्रति आभार व्यक्त गर्दै यस सहयोगले विद्यार्थीहरूको दैनिक जीवनयापन तथा अध्ययनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता, स्थानीय सरोकारवाला, अभिभावक तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन महेन्द्रनगर शाखाका वरिष्ठ अभिकर्ता डम्बर बहादुर खड्काले गर्नुभएको थियो। यस्तो सहयोगले निजी क्षेत्र र शिक्षा संस्थाबीच सहकार्य मजबुत हुने अपेक्षा गरिएको छ।


ताजा समाचार

spot_img