दाेधारा चाँदनीमा अन्तर्राष्ट्रिय साहित्यिक संगाेष्ठी हुने


महेन्द्रनगर : प्रगतिशील लेखक सङ्घ, नेपालकाे आयाेजना र दाेधारा चाँदनी नगरपालिकाकाे प्रवर्द्धनमा २०८२ चैत्र २० गते अन्तर्राष्ट्रिय साहित्यिक संगाेष्ठी हुने भएको छ । संगाेष्ठी पश्चात् प्रलेसकाे राष्ट्रिय परिषद् बैठक महेन्द्रनगरमा सम्पन्न हुनेछ । नेपालका सातवटै प्रदेशबाट साहित्यकारहररूकाे उपस्थिति रहने साहित्यिक संगाेष्ठीमा नेपाल र भारतका साहित्यकारहरुका तर्फबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुति गरिने तथा काव्य प्रस्तुति रहने कुरा प्रलेस कञ्चनपुरका अध्यक्ष प्रजापति नेगीले जानकारी गराउनु भएको छ ।

करिब दुई दर्जन जति भारतीय र चिनियाँ साहित्यकारहरूकाे समुपस्थिति रहने संगाेष्ठीले नेपाल भारत र चीन बिचकाे साहित्यिक सम्बन्ध बढाउनुका साथै तीनवटै देशका जनताबिचकाे सम्बन्ध सुमधुर पार्न सहयाेग मिल्ने बिश्वास गरिएको गाेष्ठी सम्पन्न पार्न प्रलेस सुदूरपश्चिम प्रदेश समिति, कञ्चनपुर जिल्ला समिति लगायतका प्रलेसका समितिहरू र सम्बद्ध व्यक्तिहरू जाेडताेडका साथ लागि परेकाे कुरा नेगीले बताउनु भएको छ ।

नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डकाे प्रमुख आतिथ्य र पूर्व उपप्रधानमन्त्री ईश्वर पाेखरेलकाे बिशेष आतिथ्यमा सुसम्पन्न हुने गाेष्ठीले सुदूरपश्चिम क्षेत्रकाे साहित्य, कला तथा पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण याेगदान पुग्ने विश्वास गरिएको गाेष्ठीमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि करिब डेढसय कवि साहित्यकारहरूकाे उपस्थिति रहनेछ । कार्यक्रम चैत २० गते बिहान ११ बजेदेखि दाेधराचाँदनी नगरपालिकाकाे सभाकक्षमा सञ्चालन गरिने कुरा आयाेजकले जानकारी गराएको छ ।


ताजा समाचार

spot_img