रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित रास्वपाका नेता समेत रहेका प्रतिनिधि सभा सदस्य जनक सिंह धामीले बेलडाँडी गाउपालिका भएर बग्ने चाैधर नदि नियन्त्रणका लागी काम अघि बढाउन निर्देशन दिएपछि कर्मचारीकाे एक टाेली स्थलगत अध्यन गर्न फिल्डमा पुगेकाे छ । चाैधर नदी गाउँबस्तीमा पस्न नदिन बाध निर्माणका लागि उचित याेजना बनाउन सांसद धामिकाे निर्देशनपछि आईतबार सिचाँईका २ वटा कार्यालयका हाकिमकाे टाेली स्थलगत रूपमा अध्यन गर्न फिल्डमै पुगेकाे हाे । फिल्डमा महाकाली सिंचाई व्यवस्थापन कार्यालय कञ्चनपुरका प्रमुख प्रमाेद तिमिल्सेना, महाकाली सिचाँई तेस्रो चरणका आयाेजना निर्देशक गणेश मराशैनी, डि. प्रकाश लम्सालकाे टाेलीले बाध निर्माणका लागी स्टमेड बनाउन स्थलगत अध्यन गरेर फर्किएका हुन ।

नदि हरेक बर्ष जसाे नहर फुटाएर गाउँ पस्दा बेलडाँडीका मलिया, झिलमिला, बैवाह, खैरिघाट, कानपुर लगायतका बस्तीमा बाढी आएर गाउँनै प्रभावित हुने गरेका कारणले यसकाे दिगाे समाधानका लागि मेराे चुनावी बाचानै रहेकाले चाैधर नदि नियन्त्रणका लागि काम थाल्न कर्मचारीलाई मैले निर्देशन दिएकाे प्रतिनिधि सभा सदस्य जनक सिंह धामीले कञ्चनपुर खबरलाई बताउनु भयाे । उहाँले भने “मलाई जनताले काम गर्न जिताएर पठाएका छन्, मैले जनताकाे पक्षमा काम गर्नुछ, जनतासंग गरेका वाचा ५ बर्षामा पूरा गर्ने गरी काम गर्दैछु, मेराे क्षेत्रका मुख्य समस्याका रूपमा रहेका चाैधर र दाेदा नदि नियन्त्रण गर्न बृहत् याेजना बनाएर कार्य अघि बढाइने याेजना अनुरूपनै मन्त्रालयका डिजीसंग कुरा गरेर चाैधर नदिकाे तटबन्ध निर्माणका लागी काम थाल्न कर्मचारीकालाई पठाएकाे हु।” `अबकाे केही दिनमा दाेदा नदिकाे कामका लागि पनि कर्मचारीकाे टाेली फिल्डमा पठाउने छु´, उनले भने “नदि कटानी र बाढीले बर्षाेनी जनताले पाउने समस्याबाट मुक्त गर्ने गरी काम गर्छु ।”

उनले भने “दाेदाकाे नदिकाे तटबन्धका लागी ग्लाेबल क्लाईमेट फण्डबाट समेत DPR काे काम भईरहेकाे बताउनु भयाे ।” यसअघि चाैधर नदि नियन्त्रण संघर्ष समितिका संयाेजक समेत रहेका सांसद धामीले नदिक नियन्त्रणका लागी विभिन्न प्रयास गरेका थिए तर कार्यान्वयन भने हुन सकेकाे थिएन । चुनाव जितेकाे भाेलि पल्टबाटै कामकाे सुचि बनाएर जुटेकाे उनकाे भनाई छ । “बाध निर्माणका लागी हामिले फिल्डमा पुगेर स्डमेड बनाउन अध्यन गर्याै, जसमा ५/६ किलोमिटर जति नहरसंगै जाेडेर बाध बनाउनु पर्नेछ, तब मात्र बस्तिमा नदिकाे जाेखिम नहेने र दिगाे समाधान हुने देखियाे जसमा हाराहारी १२ देखि १५ कराेडकाे बजेट भए काम तटबन्ध निर्माणकाे काम सकिने महाकाली सिचाँई व्यवस्थापन कार्यालय कञ्चनपुरका प्रमुख तिमिल्सिनाले बताउनु भयाे ।” फिल्डमा राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीमा सभापति तेज सिंह धामी, महाकाली सिचाँई दाेस्राे चरणका केन्द्रीय अध्यक्ष भिम बहादुर थापा, महाकाली सिचाँई द्वितीय चरण बेलडाँडीका अध्यक्ष गाेपाल कुवँर लगायतकाे उपस्थिति रहेकाे थियाे ।







