महेन्द्रनगर: कञ्चनपुरमा लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा लागू औषधसहित एक जनालाई पक्राउ गरेको हो।

भीमदत्त नगरपालिका–११ स्थित होल्डिङ्ग सेन्टर क्षेत्रबाट शंकास्पद व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

उक्त व्यक्तिले लुकाईछिपाई राखेको शुद्ध तौल २४.१६ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारिएको प्रहरीले जनाएको छ। बरामद लागू औषधसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। भीमदत्त नगरपालिका वडा नं.०२ उल्टाखाम बस्ने टेकेन्द्र भण्डारीलाई पक्राउ परेको प्रहरीले बताएको छ।






