मानव बेचबिखनको उच्च जोखिममा दोधारा चाँदनीको बादी महिला


दोधारा । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडुवाल टोलमा बसोबास गर्ने बादी घरपरिवार मानव बेचबिखनको उच्च जोखिममा रहेका छ् । बडुवाल टोलमा बस्दै आएका बादी घरपरिवार मानव बेचबिखनको उच्च जोखिममा रहेको जानकारहरु बताउछन् । १२ घरधुरीमा बसोबास गर्ने बादी घरपरिवार झण्डै ५० बढी परिवार रहेका छन् । अधिकांश बादी घरपरिवार भारतको बिभिन्न शहरमा गएर ज्यालामजुरी गर्दै आफ्नो जिविका चलाउदै आएका छन् । आर्थिक अभाव र रोजगारी नभएको कारण भारतको बिभिन्न स्थानमा जोखिमपुर्ण रोजगारी गर्न बाध्य भएको बिरभाने बादीले बताएका छन् ।

नयाँ स्थानमा बन जंगलमा गएर सडक लगाएतमा काम गर्नु पर्दा बादी महिलाहरु बिभिन्न जोखिम रहदै आएको उनले बताए । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ महाकाली नदी नजिक बसोबास गर्ने बादी घरपरिवारका एक महिला केही वर्ष अघि भारतमा बेपत्ता भएका हुन् । बडुवाल टोल बस्ने रेशम बादीले भारतमा आफ्ना महिलाहरुलाई ज्यालामजुरी गराउनु निकै जोखिम रहेको बताए ।

बिगतका दिनहरु धेरै महिला भारतको बिभिन्न स्थानमा बेपत्ता भएका उदाहरण रहेको बताईएको छ् । दोधारा चाँदनीको बडुवाल टोलमा बसोबास गर्ने अधिकांश घरपरिवार भारतको बिभिन्न स्थानमा ज्यालामजुरी गर्न जाने, आउने गरेको बादीहरुले बताएका छन् ।


ताजा समाचार

spot_img