कञ्चनपुर : कञ्चनपुरका बडिविल्डर अर्जुन भट्टले बुटवलमा आयोजना भएको ‘मिष्टर रामापिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता २०८२’ मा तेस्रो स्थान हात पार्न सफल भएका छन् ।लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघ र रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको संयुक्त आयोजनामा यही चैत्र ६ र ७ गते आयोजना भएको उक्त प्रतियोगितामा पुरुष तर्फ उनले तेस्रो स्थान हात पारेका हुन ।

प्रतियोगितामा देशभरबाट करि १ सय बढी बडी वल्डरहरुको सहभागिता रहेको थियो । ‘प्रतियोगितामा विराटनगरदेखि कन्चनपुरसम्मका खेलाडीहरुले सहभागिता जनाएका थिए । अर्जुनका फिटनेस गुरु फिट २४ फिटनेसका संचालक लक्ष्मी पन्तले आफुले पुरै तालिम दिएर विगत डेढ महिनादेखीको तयारी गरेर कञ्चनपुर बाट उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागी गएको बताए । कञ्चनपुरको लागी यो गौरवको विषय रहेको बताउदै उनले आगामी दिनमा आयोजना हुने जती पनि प्रतियोगिताहरु हुन्छन, सबैमा भाग लिने गरी आफुहरुले तैयारी थालेको जानकारी गराए । यस्तै विजेता भट्टले पहिलो पटक यस्तो प्रतियोगितामा भाग लिएको र तेस्रो स्थान हात पार्न सफल भएको बताए ।

यो प्रतियोगिताले नयाँ जोस जागर र अनुभव दिएको बताए । यसैगरी आगामी दिनमा आयोजना हुने प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने गरी तैयार गर्ने र आफनो कञ्चनपुरको नाम राख्ने गरी तैयारी गर्ने बताए । उक्त प्रतियोगितामा पुरुष बडीविल्डिङमा प्रथम हुनेलाई नगद १५ हजारसहित मेडल र प्रमाणपत्र द्धितीय र तृतीय हुनेले क्रमशः नगद १० हजार, ५ हजारसहित मेडल र प्रमाणपत्र पाएका छन् । उत्कृष्ट खेलाडी ९ओभरअलमा प्रथम० हुनेले नगद २ लाखसहित ट्रफि प्रदान गरीएको छ ।







