कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको स्वास्थ्य चौकी चाँदनीको प्रसुती सेवा तथा सुरक्षित गर्भपतन सेवा बन्द भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४ मा रहेको स्वास्थ्य चौकी चाँदनीमा कर्मचारीको अभाव देखाउदै प्रसुती सेवा तथा सुरक्षित गर्भपतन सेवा ४ महिना देखि प्रसूति सेवा बन्द भएको हो । स्वास्थ्य चौकीमा कार्यालय सहयोगी र सरसरफाईकर्मीको अभाव भएको हुदा प्रसुती सेवा तथा सुरक्षित गर्भपतन सेवा बन्द गरिएको स्वास्थ्य चौकी चाँदनी व्यवस्थापन समिति तथा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । कर्मचारीको अभावले प्रसुती सेवा तथा सुरक्षित गर्भपतन सेवा ४ महिना देखि बन्द भएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । स्वास्थ्य संस्थामा प्रसुती सेवा तथा सुरक्षित गर्भपतन सेवा बन्द भएपछि स्थानियबासीहरुमा मर्कामा परेको उहाँले बताउनुभएको छ् । प्रसुती सेवा तथा सुरक्षित गर्भपतन सेवामा कार्यालय सहयोगी र सरसफाईकर्मीको दरबन्दी माँग गर्दै आएपनि सरोकारवालाहरुले ध्यान नदिएको वडाध्यक्ष सुनारले बताउनुयो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १,२,३,४ लाई लक्षित गरि २०६० साल तिर स्थापना गरिएको स्वास्थ्य चौकी चाँदनीमा प्रसुती सेवा तथा सुरक्षित गर्भपतन सेवा बन्द भएपछि सेवाग्राहीहरु टाढा गएर सेवा लिन बाध्य भएको स्थानियबासीहरुले बताएका छन् ।







