खेलकुदमा योगदान र खेलाडीको मर्म बुझेकालाई कञ्चनपुर खेलकुद समितिको नेतृत्व दिनु पर्नेमा जोड


कञ्चनपुर : कञ्चनपुर जिल्ला खेलकुद समितिको नेतृत्व एवं पदाधीकारीमा खेलकुद क्षेत्र बुझेको अनुभवी इमान्दार व्यक्तित्वलाई ल्याउनु पर्नेमा जोड दिइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले कञ्चनपुर खेलकुद विकास समितिको नेतृत्व र पदाधीकारी इमान्दार देखि खेलकुद बुझेको ल्याउनु पर्ने जोड दिइएको हो । कञ्चनपुरका आम खेलाडीहरुले प्रदेश सरकारमा रहेका कांग्रेस एमाले दललाई समग्र जिल्लाको खेलकुदका लागि योगदान गरेका व्यक्तित्वहरुलाई जिम्मेवारी दिँदा उपयुक्त हुने सुझाव दिएका छन् । जिल्लाका युवा खेलाडी हेम बहादुर बस्नेतले खेलकुद क्षेत्र देशको लागि विशिष्ट क्षेत्र र प्राविधिक विषय भएकाले यसमा खेलाडी र खेलको मर्म बुझने व्यक्तित्वलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् । उनले खेलकुदमा खेलाडी र समग्र खेलकुदको हित चाहने विगतमा खेलक्षेत्रको विकासमा योगदान गरेका व्यक्तिलाई जिम्मेवारी दिदाँ उपयुक्त हुनेृ बताए ।

युवा खेलाडी प्रकाश लुहारले कञ्चनपुर खेलाडीका लागि उर्वर भूमि भएकोले यहाँ राजनिती भन्दा खेलकुदको विकास र खेलाडी पर्वद्धन गर्ने व्यक्तित्वलाई नेतृत्व दिनु पर्नेमा जोड दिए ।

कञ्चनपुरका नौ वटै पालिकामा रहेका विभिन्न विद्याका खेलाडीहरुले राजनीतिका लागि राजनीतिक निुयक्ति गुटका आफन्त भक्र्ति केन्द्र नबनाउन समेत प्रदेश सरकारलाई आग्रह गरेका छन् । खेल र खेलाडीको भावना विपरीत खेलकुद नबुझेको व्यक्तिलाई जिम्मेवारी दिए आन्दोलनको चेतावनी दिएका छन् । साथै खेलकुदमा व्यथिती गरेर गत भदौं २३ ÷२४ नदोह¥याउन पनि सुप प्रदेश सत्ताधारी दल लाई सचेत गराएका छन् ।


ताजा समाचार

spot_img