महाकाली प्रादेशिक अस्पतालमा नयाँ नेतृत्व: अध्यक्षमा पन्त


महेन्द्रनगर: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन गरिएको छ।समितिको अध्यक्ष पदमा महेश प्रसाद पन्त मनोनित भएका छन् भने सदस्य पदमा प्रशान्त भट्ट, इन्द्र साउद, पार्वती कुमारी भट्ट र कृष्ण बहादुर कुवर क्षेत्री नियुक्त भएका छन्।नवनियुक्त अध्यक्ष पन्त तथा सदस्यहरू भट्ट, साउद र जोशीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। उहाँहरूको नेतृत्वमा अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी, गुणस्तरीय र सर्वसुलभ हुने विश्वास गरिएको छ।स्थानीय स्वास्थ्य सेवा सुदृढीकरण, व्यवस्थापन सुधार तथा सेवाग्राहीको सहज पहुँच सुनिश्चित गर्न नयाँ व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।


ताजा समाचार

spot_img