मतदातालाई धन्यवाद दिदै सासद धामीको फेरी प्रतिबद्धता : जनताकै साथमा छुँ


कञ्चनपुर: कञ्चनपुर निर्वाचन क्षेत्र १राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)बाट निर्वाचित प्रतिनिधी सभा सदस्य(सासद) जनक सिह धामीले जनताकै समस्या, जनताकै साथमा रहेर समाधान गर्ने प्रतिबद्धता दोहो¥याएका छन ।

निर्वाचित लगत्तै क्षेत्रभरीका चारै पालिका ३२वटै वडाका गाँउबस्ती, शहर बजारमा पुगेर धन्यवाद ज्ञापन गर्दै नव निर्वाचित सासद धामीले प्रतिबद्धता दोहो¥याएका हुन । सासद धामीले क्षेत्रका साझा समस्यादेखि ठुला समस्या समाधान गर्नका लागि आफ्नो तर्फबाट हदैसम्मका प्रयास जारी राख्ने बताए ।

नव निर्वाचित सासद धन्यवाद ज्ञापनका लागि जहाँ जाँदा पनि मौलिक बाजागाजादेखि परम्परा अनुरुप स्वगत एव आभार प्रकट गरेका थिए । सासद धामीले समग्र क्षेत्रको दीगो विकास, आरक्षपीडित, भूमिहिन, सुकुमबासी, वाढी पीडित देखिका विवित समस्या समाधान गर्ने बताएका छन । राजनीतिक जिवनकै साढे तीन दशक समाजसेवमा खटिएका धामी चुनावी मैदान टेकेको पहिलो प्रयासमै सासद बनेका थिए ।


ताजा समाचार

spot_img