कञ्चनपुर : बिहीबार कञ्चनपुरको लालपुरमा जिपको ठक्करबाट मरेका १बाराकुण्डामा युवकद्वय दानसिह धामी र राम लुहारका घर परिवार आन्दोलित भएका छन । पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नपा ७ लालपुर क्षेत्रमा से १च १४०५नम्बरको जिपको ठक्करबाट म२प ३५०६नम्बरको मोटरसाईकलमा सवार बाराकुण्डामा ४२ बर्षिया दानसिह धामी र ४० बर्षिया राम लुहारको मृत्यु भएको थियो । मृतका आफन्तले शुक्रबार बिहानैदेखि पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत भाँसी क्षेत्रमा चक्का जाम गरेर न्याय माग्दै सडकमा उत्रिएका हुन ।

घटना भएकै दिनदेखि दोस्रो दिनसम्म पनि सवारी धनी सम्पर्कमा नआएपछि आन्दोलनमा उत्रिएका हुन । उनीहरुले घटना रहस्ययी भएकाले, सत्यतथ्य छानबिन गरिदिनुपर्ने, घटना भएपछि उद्दार, उपचारमा समेत लार्पबाही भएको गुनासो राखेका छन । पीडितहरुको आन्दोलनका कारण महेन्द्रनगरदेखि अन्य गन्तव्य र अन्य स्थानदेखि छोटो तथा लामो दुरीका सवारी साधन संचालनमा आउन नसक्दा यात्रु प्रभावित भएका छन । पीडितले माग पुरा नहुँदासम्म आन्दोलन जारी चेतावनी दिएका छन ।

दुवैको शव महाकाली अस्पतालमा राखिएको छ, भने चालक शुनिल चौधरीलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुर प्रहरीले घटनाको छानबिनका साथै पीडितदेखि सवारीधनीविच छलफल वार्ता गराउने जनाएको छ । पछिल्ला दिनहरुमा सडक दुर्घटनामा परेर अकालमै मानिसले ज्यान गुमाउनुपरेको छ । धामी र लुहार परिवारको न्यायका लागि आफन्तदेखि गाँउले सहितले साथ सर्मथन दिएएका छन ।







