समानुपातिक तर्फपनि रास्वपा कञ्चनपुरमा पहिलो दल


कञ्चनपुर: कञ्चनपुरका तीनै सिट जितेको रास्वपाले समानुपातिक तर्फपनि पहिलो दल बनेकोछ । प्रत्यक्ष तर्फ जिल्लाका तीनै सिटमा १९ दल सहितका १२ स्वतन्त्र गरेर ५२उम्मेदबार उछिन्दै रास्वपा उम्मेदवार त्रय जनक सिह धामी, दिपकराज बोहरा र ज्ञानेन्द्र सिह महता जितेका थिए । मुख्य तथा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको समानुपातिक तर्फको मत परिमाण अनुरुप कञ्चनपुरमा सबैभन्दा बढी मत प्राप्त गरेर रास्वपा पहिलो दल बनेको जनाएको छ । यस अघि ०७९मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा नेपाली क्रमस काँग्रेस, नेकपा एमाले, नेकपा र रास्वपाले स्थान ल्याएका थिए । उतिबेला रास्वपाको चौथो स्थान अहिले पहिलो स्थानमा पुगेको छ ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले तिनै निर्वाचन क्षेत्रमा मत गणना शुरु गरेको २४ घण्टाभित्रै समानुपातिक मत गणनाको परिमाण घोषणा गरिएको बताए । रास्वपाले ८७हजार, ९४५मत ल्याएको छ । कुल सदरमतको ५९.३१ प्रतिशत मत रास्वपाले ल्याएको हो । निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्क अनुसार क्रमस क्षेत्र १,२ र ३मा रास्वपाले २५ हजार, ९२२, ३३ हजार ३७५, २८ हजार ६४८, मत पाएको छ । नेपाली काँग्रेसले क्रमस ७ हजार २०८, १० हजार ११२, ८ हजार ६७६ गरेर २६ हजार, ३९६, नेकपा एमालेले क्रमस ७ हजार, ४३४, ६ हजार ७८५, ६ हजार ५४६ गरेर २० हजार, ७६५ र नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले ९हजार, ६२७, ५ हजार ६९८, ३ हजार ४१० गरेर १८ हजार, ७३५, राप्रपाले क्रमस २ हजार, ८३७, ३ हजार, ६५४, ५ हजार ९०१ गरेर १२ हजार, ३९२, नेकपा(विप्लव माओवादी)ले क्रमस १४४, ९३, ७४ गरेर ३सय११, राष्ट्रिय जनमोर्चाले ३४८, १३२, ६५ गरेर ५सय ४५, श्रम संस्कृति पाटीले ७९३, २१८, २८८ गरेर १हजार, ४सय ४५ मत ल्याको छ ।

यस्तै नेकपा संयुक्तले ९३, जनमतले १६५, संयुक्त नागरिक पाटीले ९३, मनाउपा नेपालले ६८२, प्रलोपाले ३०, नेमकिपाले २२९, ंगोल नेशनल अर्गनाईजेशनलले ३६ मितेरीले ८ मत ल्याएको छ । अस्थायी सहित गरेर जिल्लाभरी कुल मतदाता मध्ये ३लाख, १७ हजार ६२३ मध्ये १लाख, ८५ हजार ६३० मत खसेका थिए, जसमध्ये १लाख, ७४ हजार ३०३मत सदर र ११हजार ३२७ मत बदर भएका छन । कञ्चनपुरका नागरिक समाजदेवी राजनीतिक विज्ञहरुले अति नै धरातल कमजोर भएका दलहरुले अलग अलग पाटी खोल्नु भन्दा विचार मिल्नेसंग मर्ज हुनुपर्ने सुुझाव दिएका छन ।


ताजा समाचार

spot_img