दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र– ३ का नवनिर्वाचित प्रतिनिधी सभा सदस्य (सासद) ज्ञानेन्द्र सिह महताले आरक्षपीडितको शिबिरमा गएर भेटघाट गर्नुभएको छ् । सोमबार नव निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद महताले भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरमा बस्दै आएका आरक्ष पीडितको शिबिरमा गएर भेटघाट गर्नुभएको हो । सांसद महता समक्ष आरक्षपिडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले ०६४ देखि ०७९ सम्म दलहरुले चुनावमा बेला आफुहरुलाई आश्वासन दिने तर केही नगर्दा आफुहरुको समस्या जस्ताको तेस्तै रहेको बताउनुभयो । उहाँले पिडितलाई अन्य दलको सरकारबाट आशा मारेको र अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट मात्रै समाधान हुने अपेक्षा राख्नुभएको छ् ।

पिडितको गुनासो सुनेपछि सांसद ज्ञानेन्द्र सिह महताले संविधानमै रहेको नागरिकको गाँस, बास, कपास देखिका आधारभूत आवश्यकताको ग्यारेन्टी गरेकाले त्यसको समधान गर्ने गराउने बताउनुभएको छ् । ‘अब आरक्षपीडितको समस्या समाधान संगै अहिले सम्म कामै नगरेर भत्ता खाने आयोग माथी पनि छानबिन हुन्छ, ‘सांसद महताल् भन्नुभयो, ‘काम नगर्ने राज्यको भत्ता खानु पनि भ्रष्टाचार हो ।’

महताले शिबिरमा अस्थायी शौचालय, खानेपानी देखि विद्युतको समस्या समाधानका लागि पहल गर्ने समेत आश्वासन दिनुभयो । आफ्नो घोषणा पत्रमा पिडितको समस्या समाधान गर्ने विषय उल्लेख गरिसकेकाले अव ज्ञापन पत्र बुझाउने जनताले सरकार खोज्ने नभई सरकारले जनता खोज्ने अवस्था आएका प्रतिनिधी सभा सददस्य ज्ञानेन्द्र सिह महताको भनाई छ् ।







