कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र १बाट नवनिर्वाचित प्रतिनिधी सभा सदस्य(सासद) जनक सिह धामीले सहिद गोबिन्द गौतमको सालिकमा माल्र्यापण गरेका छन । मंगलबार बिहान पुर्नवास ४ आनन्द बजार पुगेर नवनिर्वाचित सासद धामीले हिद गोबिन्द गौतमको सालिकमा माल्र्यापण गरेका हुन ।

सीमा सुुरक्षाका लागि ज्यान दिएका गोबिन्द गौतमको योगदान अनुरुप मातृभूमिको रक्षा गर्ने सासद धामीको प्रतिज्ञा छ । निर्वाचित लगत्तै रास्वपा नेता समेत रहेका सासद धामीले किसान नेता भीमदत्त पन्तको सालिकमा समेत माल्र्यापण गर्दै क्षेत्रका मतदातालाई धन्यवाद दिईरहेका छन ।

मातृभूमि रक्षार्थ भएको आन्दोलनका क्रममा २६ फागुन ०७३ सालमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर गोबिन्द गौतम मारिएका थिए । गोबिन्द गौतमलाई सरकारले सहिद घोषणा गरेसंगै सालिक, पार्क स्थापना गरिएको थियो । ९ बर्षअघि नेपाली नागरिक गोबिन्द गौतम पारिएका थिए ।







