कञ्चनपुर : कञ्चनपुरमा ४४ उम्मेदवारको धरौटी जफत भएको छ । जिल्लाका तीनै निर्वाचन क्षेत्रका ४४उम्मेदवारको धरौटी जफत भएको हो । २१फागुनमा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा ११स्वतन्त्र सहित १६दलका उम्मेदवारको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख हरिशचन्द्र जोशीले सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत हुने बताए । निर्वाचन अधिकारी जोशीले प्रत्यक्ष सकिएर समानुपातिक मत गणना भईरहेको बताए । पुर्व सासद पुरन राना, पुर्व प्रदेशका राज्यमन्त्री मान बहादुर सुनार, पुर्व आरक्ष आयोगका अध्यक्ष पूर्ण बहादुर चन्द सहितका सबै स्वतन्त्र उम्मेदवारले धरौटी बचाउने मत कटाउन सकेनन् ।

क्षेत्र १मा ५७हजार सदर मत अनुरुप ५हजार ७०५मत ल्याउनुपर्ने भएपनि १५उम्मेदवारले धरौटी जोगाउन सकेनन् । दोस्रो पटक चुनाव लडेका राप्रपाका डिल्ली शाहीले १हजार ५६०, जनमोर्चाका राजाराम चौधरीले ३९६, नेककिपामा कटक ब. शाहीले ३४, प्रलोपाका देपेन्द्र ब. शाहीले ३६, मंगोल अर्गनाईजेशनका हुम बहादुर गुरुङ्गले ४६, नेकपा विप्लव माओवादीका पुरन रानाथारुले २४८मतसंयुक्त नागरिक पाटीका दानियल विकले ३६, मितेरी पाटीका सिताराम रानलो १२, उज्यालो नेपाल पाटीका माईकल तामाङ्कले ७५९, नाउपा नेपालका कृष्ण बहादुर चौधरीले ९६७, आम जनता पाटीका सिता विकले ८७, स्वतन्त्र सिता विष्टले ६०८, यादव सिहले १६८, अनिल रानाले ७६, सिता विकले ८७ र मञ्जुदेवी सुनारले २० मत ल्याएर धरौटी जोगाउन सकेनन् । क्षेत्र १ मा ५० हजार १२३पुरुष, ५१ हजार ५८८महिला गरेर १लाख, १हजार, ७२४मतदाता मध्ये ३३हजार ४०३ पुरुष, २७ हजार ७६१महिला गरेर कुल ६० हजार ७८५ मतखसेका थिए । जसमध्ये ५७हजार, ५१ सदर र ३ हजार, ७३४बदर भएका थिए ।

क्षेत्र २मा ६१हजार ११७ सदर मत अनुरुप धरौटी जोगाउनका लागि ६हजार ११७ ल्याउनुपर्ने भएपनि १५ उम्मेदवारले धरौटी जोगाउन सकेनन । राप्रपाका तिर्थराज चटौतले १हजार ९९३, जनमतका रामचन्द्र भट्टले १२५, नेमकिपामा सिताराम रानलो ७२, जनमोर्चाका राम बहादुर सार्कीले १४५, संयुक्त नागरिक पाटीका खडक ताम्राकारले ३२, मितेर पाटीका तेज बहादुर बडवालले १८, नेकपा विप्लव माओवादीका लोकेन्द्र विकले १४३, उज्यालोका योगेश साउदले ९३, नागरिक उन्मुक्ति पाटीका प्रेमबती रानाले ५६०, आम जनता पाटीका जग्गु चौधरीले ३७, स्वतन्त्र बिरेन्द्र राना ८१, भानुभक्त बोहरा ३६, सिद्धराज जोशी १९ र हरिस बहादुर भट्टले ४४ मत ल्याएका छन । उज्यालो नेपाल पाटीका उम्मेदवार योगेश साउदले रास्वपाकै उम्मेदवार बोहरालाई अन्तिममा आएर सर्मथन जनाएका थिए । १लाख, ९हजार ५७४कुल मतदाता मध्ये ६५ हजार, ३४७मत खसेका थिए । भने ६१ हजार १सय १७ सदर र ४ हजार, २३०मत बदर भएका थिए । क्षेत्र ३मा ५३हजार ५४६ सदर अनुरुप धरौटी जोगाउनका लागि ५ हजार ३५४ मत ल्याउनुपर्ने भएपनि १४ यि उम्मेदवारले धरौटी समेत जोगाउन सकेनन् ।

नेकपामा मान बहादुर सुनारले ४ हजार, २८४, राप्रपाका पूर्ण बहादुर चन्दले ३हजार ९०२, नेमकीपामा मिनु गिरीले ४२, जनमोर्चाका लाल ब. कुँवरले ८७, नेकपा संयुक्तका कर्ण बहादुर चन्दले ८६, श्रमसंस्कृति पाटीका गंगादत्त जोशीले २२४, मितेरी पाटीका किरन थापाले ६, नेकपा विप्लव माओवादीका विष्णू प्रकास उपाध्याले ११६, उज्यालो पाटीका भीम बहादुर कुमालले २६८, राष्ट्रिय मुक्ति पाटीका लोकराज भट्टले ७१,आम जनता पाटीकी लक्ष्मी कुमारी विष्टले ३१, स्वतन्त्र थानेश्वर लेखकले ९५, बीरसिह क्षेत्रीले २१ र हर्क बहादुर ऐरले १७७मत ल्याएका छन । कुल १लाख, ३ हजार ८७मतदाता मध्ये, ५८ हजार, २०९खसेका थिए, जसमध्ये ५३हजार, ५४६सदर र ४हजार ६६३बदर भएका थिए । धरौटी जफत भएका दल, स्वतन्त्र उम्मेदवारहरुले अब गम्भिर समिक्षा गर्नुपर्ने चौतर्फि सुझाव आईरहेकोे छ ।






