कञ्चनपुरका तीनै क्षेत्रमा रास्वपाको कब्जा

पहिलो प्रयासमै रास्वपामा युवा नेतात्रय धामी, बोहरा र महता बने केन्द्रीय सासद


कञ्चनपुर : कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतत्र पाटी(रास्वपा)ले जितेको छ । यस अघि तीन दशक यता काँग्रेस, एमाले, माअ‍ोवादीले जित्दै आएका तीनै क्षेत्रमा यस पटक भने नयाँ राजनैतिक शक्ति(रास्वपा)ले कब्जा गरेको छ । पञ्चायत कालमा कञ्चनपुरमा पुर्व पञ्चराजावादीहरु लबरु राना, पदम ठगुराठी र ईन्द्र बहादुर केसीले जिते । ०४६मा बहुदल आएपछि काँग्रेस, एमाले, जनयुद्ध दोस्रो जनआन्दोलन ०६२/०६३पछि तत्तकालिन नेकपा माअ‍ोवादीले जितेको थियो । ०७४, ०७९मा ठुला ठुला दल काँग्रेस, एमाले, तत्तकालिन माओवादी(हालको) नेकपा विच गठबन्धन भएसंगै क्रस जित्दै आएका थिए । अहिले ०८२मा आईपुग्दा जेनजी बिद्रोहसंगै रास्वपाले जिल्लाका तीनै सिटमा एकछत्र कब्जा गरेको छ ।

क्षेत्र १मा जनक सिह धामी दोब्बर बढी, क्षेत्र २मा दिपकराज बोहरा तेब्बर बढी र क्षेत्र ३मा ज्ञानेन्द्र सिह महता पनि तेब्बर बढी मतले जितेका छन । रास्वपालाई क्षेत्र १मा नेकपा, क्षेत्र २ र ३मा काँग्रेस मुख्यप्रतिस्पर्धी बनेको छ । रास्वपाका निर्वाचित तीनै उम्मेदवार पुर्व पत्रकारिता पुष्टभूमिका रहेका छन ।
रास्वपाका त्रय उम्मेदवार धामी, बोहरा र महताले पहिलो पटक चुनावी मैदान टिकेर सासद बन्द सफल भएका छन । धामीले मगरलाई १३ हजार २२२मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन ।

धामीले २४ हजार ३३२, मगरले ११हजार, ११०, काँग्रेसका गोपी प्रशाद उपाध्यायले ८ हजार ४६०, एमालेका तारालामा तामाङ्गले ८ हजार ८८मत ल्याएका थिए । नेकपा विप्लव माओवादीका पुरन रानाथारुले २४८मत ल्याएका थिए । सासद बन्नका लागि पहिलो पटक चुनावी मैदान टेकेका धामीले यस अघि ०६४मा जितेका राना, ०७४मा जितेका बिना मगर, ०७९मा जितेका तारालामा तामाङ्क सहितका १८उम्मेदवार उछिन्दै भारी मतका साथ निर्वाचित भए । क्षेत्र १ मा ५० हजार १२३पुरुष, ५१ हजार ५८८महिला गरेर १लाख, १हजार, ७२४मतदाता मध्ये ३३हजार ४०३ पुरुष, २७ हजार ७६१महिला गरेर कुल ६० हजार ७८५ मतखसेका थिए । जसमध्ये ५७हजार, ५१ सदर र ३ हजार, ७३४बदर भएका थिए ।

यस अघि यस क्षेत्रमा ०४८मा काँग्रेसका बासुदेव भट्ट, ०५१मा एमालेका राम कुमार ज्ञवाली, ०५६मा काँग्रेसका तारणीदत्त चटौत, ०६४मा माओवादीका पुरन राना(थारु), ०७०मा काँग्रेसका दिवान सिह विष्ट, ०७४मा तत्तकालिन माओवादी नेतृ हाल नेकपा उम्मेदवार बीना मगर, ०७९मा एमालेका नेता एव हालका उम्मेदवार तारालामा तामाङ्ग र अहिले रास्वपाका जनक धामीले जितेका छन । क्षेत्र २मा पहिलो पटक चुनावी मैदान टेकेका रास्वपा युवा नेता बोहराले सातौँ पटक चुनाव लडेका र तेस्रो पटक सासद जितेर मन्त्रीसमेत भएका एनपी साउदलाई २३ हजार, १२५मतको अन्तरले हराउँदै पहिलो प्रयासमै सासद बन्न सफल भएका छन । बोहराले ३३ हजार, ९५२, साउदले १० हजार ८२८मत ल्याएका थिए ।

एमालेका बचन बहादुर सिहले ६ हजार, ४१८, नेकपामा माधव प्रशाद पन्तले ६ हजार ३३७, राप्रपाका तिर्थराज चटौतले १हजार ९९३ मत ल्याएका थिए । यस क्षेत्रबाट ०४८मा काँग्रेसका बासुदेव भट्ट, ०५१मा एमालेका भोजराज जोशी, ०५६, ०७०, ०७९ मा काँग्रेसका एनपी साउद, ०६४मा माओवादीका देवीलाल चौधरी,०७४मा एमालेका नर बहादुर धामी र अहिले ०८२मा रास्वपाका युवा नेता बोहरा निर्वाचित भएका थिए । उक्त क्षेत्रबाट १९उम्मेदवार चुनावी मैदानमा होमिएका थिए । ३० वडा रहेको क्षेत्र २ मा १ तेस्रंो लिङ्ग सहित ५३ हजार ४४५ पुरुष, ५६ हजार, १२८ पुरुष गरेर १लाख, ९ हजार ५७४ मतदाता रहेका थिए ।क्षेत्र ३मा ज्ञानेन्द्र सिह महताले २७हजार ११८मत प्राप्त गरेर निर्वाचित भएका छन । महताले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका हरि प्रशाद बोहरालाई तेब्बर बढी मतको अन्तरले हराउँदै पहिलो प्रयासमै सासदको यात्रा तय गरेका हुन ।

काँग्रेसका बोहरा पनि पहिलो पटक सासदको यात्रामा होमिएका थिए । बोहराले ९ हजार ४४३मत ल्याएका छन । एमालेका डा. दीपक प्रकास भट्टले ७हजार ५७५, नेकपामा मान बहादुर सुनारले ४ हजार, २८४, राप्रपाका पूर्ण बहादुर चन्दले ३हजार ९०२ मत ल्याएका थिए । कुल १लाख, ३ हजार ८७मतदाता मध्ये, ५८ हजार, २०९खसेका थिए, जसमध्ये ५३हजार, ५४६सदर र ४हजार ६६३बदर भएका थिए । यस क्षेत्रबाट ०४८मा काँग्रेसका तारणीदत्त चटौत, ०५१मा एमालेका उर्वादत्त पन्त, ०५६, ०७०, ०७९मा काँग्रेसका रमेश लेखक, ०६४मा काँग्रेसकै शेर बहादुर देउवा, ०६५मा माओवादीका हरिस ठगुन्ना(कमल क्षेत्री) र अहिले रास्वपामा ज्ञानेन्द्र सिह महताले जितेका छन ।

कञ्चनपुरबाट जितेका रास्वपाका त्रय सासदले आ–आफ्नो क्षेत्रको विकासदेखि जनताप्रति उत्तरदायी हुने सकल्प गरेका छन । आ–आफ्नो निर्वाचन क्षेत्रका मतदाता भेटेरै धन्यवाद, आभार प्रकट गरिरहेका छन । साथै उनीहरुमाथि कञ्चनपुरका नागरिकको जनविश्वासको उच्च उचाईरहेको रहेको पाईएको छ । जनताले विगतमा जितेका दल, तिनका नेता सासदको जस्तो जनतालाई व्यवहार होईन सेव बनेर भोली आफ्नो, पाटी र पछाडीका नेता कार्यकर्ता र जनताको भविष्य बनाउन सुझाव दिएका छन ।


ताजा समाचार

spot_img