दोधारा । माईती नेपाल कञ्चनपुरले ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्य सहितको अवसर’ भन्ने मुल नाराका साथ समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नंं. १, स्याउली बजार क्षेत्रमा घरधुरीमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नंं. १ खुला सीमा नाका भएको हुदां लुकीछिपि महिला तथा बालबालिकाहरुलाई भारत प्रवेश गराउन सहज भएको हुने हुदा मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण गर्न स्थानियबासीहरु जागरुक गराउन घरदैलो कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् ।

घरदैलो कार्यक्रममा पर्चा पम्पलेट, ब्रसरहरु वितरण गर्दै सुरक्षित बसाई सराई, लैङ्गिक हिसां, यौन हिसां र मानव बेचबिखन तथा ओसारपसारका विभिन्न स्वरुप, त्यसबाट हुन सक्ने जोखिम, सुरक्षित आवत जावत बारे जानकारी प्रदान गरिको संयोजक महेश्वरी भट्टले बताउनुभयो । अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न, स्थानिय बासीहरुलाई मानव बेचबिखन जस्तो जघन्य अपराधिक क्रियाकलाप विरुद्ध सचेत पार्दै यस्ता घट्ना घटेको खण्डमा माईती नेपाल तथा नजिकको प्रहरीलाई तुरुन्त खबर गर्नुपर्ने जस्ता कानुनी पाटो बारे जानकारी प्रदान गराईएको छ् ।

माईती नेपाल कञ्चनपुरले सञ्चालन गरेको सचेतनामुलक घरदैलो कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, माईती नेपालको टोलीको सहभागिता रहेको थियो ।

खुला सिमानाका क्षेत्रहरुमा मानव बेचबिखन नियन्त्रणका लागि यस्ता सचेतनामुलक कार्यक्रमहरु निरन्तर सञ्चालन गर्नु पर्ने स्थानियबासीहरुले बताएका छन् ।






