पुर्नवास : कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवास नगपालिकामा पुर्नवास महोत्सव हुन लागेको छ । ‘हाम्रो पुर्नवास राम्रो पुर्नवास’ मुल नारा अघि सारेर ६५ विगाह जमिन क्षेत्र आईबिआरडीमा महोत्सव हुन लागेको छ । पुर्नवास उद्योग वाणिज्य संघको आयोजनामा सोमबार अर्थात २५फागुनदेखि महोत्सव संचालन हुन लागेको आयोजकले जनाएको छ । महोत्सवको तयारी पुरा भएको पुर्नवास उद्योग वाणिज्य संघले जनाएको छ । पुर्नवास उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार राईमाझीले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताए । अध्यक्ष राईमाझीका अनुसार मञ्च, स्टल, गेट, सहितका आवश्यक सबै तयारी पुरा भएको छ । उनले पुर्नवास नगरपालिका ओम श्री डेन्टल धनगढी, भागेश्वर चिनी उद्योग सहितका सरकारी, निजी क्षेत्रको प्रर्बद्धनमा महोत्सव हुन लागेको छ ।

अध्यक्ष राईमाझीले डेढ दशक पछि दोस्रो महोत्सव संचालन हुन लागेको बताए । ‘यस क्षेत्रको कृषि, पर्यटन, धार्मिक, समाजिक क्षेत्रको प्रर्बद्धनका लागि महोत्सव संचालन गर्न लागेका छौँ, ‘उनले भने, ‘महोत्सवबाट पुर्नवास चिनाउने ऐतिहासिक प्राकृतिक प्यारातालको अवलोकन गराएर प्रचारप्रसार गरिनेछ ।’ १सय १५ स्टलमा विभिन्न व्यवसायिकदेखि घरेलु उद्यम राखिने छ । महोत्सव भित्र पश्चिम नेपालका थारु समुदायको स्टल राखिनेछ । स्थानीय मौलिक खाने परिकारदेखि कृषि उपज उद्यम प्रर्दशन गरिनेछ । महोत्सव अवलोकनका लागि शुल्क सहितको सिजनल पास, साधारण सय, विद्यार्थी सहुलियत ५०रुपैया निर्धारण गरिएको छ । जेष्ठ नागरिकलाई विशेष ग्राह्यता दिईने छ । महोत्सवभित्र बाल उद्यान सहित स्थानीय राष्ट्रिय कलाकारबाट समेत विवित साँस्कृतिक कार्यक्रम प्रस्तुती हुनेछन ।

पुर्नवास उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भरत विष्टले स्थानीय क्षेत्रको पहिचान गर्दै यहाँ रहेका प्राकृतिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक सहिद गोबिन्द गौतमको मातृभूतिका लागि देखाएको साहस सहितका कार्यक्रम संचालन गरिनेछन । सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषिमन्त्री बीर बहादुर थापा(पातल)को प्रमुख आथित्यमा महोत्सव उद्घाटन गरिनेछ । पुर्नवास उद्योग वाणिज्य संघका महासचिव दाउत तामाङ्गले महोत्सवमा झण्डै डेढ लाखले अवलोकन गर्नेदेखि लाखौको कारोबार हुने बताए । अब धनगढी, महेन्द्रनगर सहितका ठुला शहर बजारमा मात्रै लाग्ने महोत्सवमा दक्षिणका दर्शकलाई पुर्नवास भित्र्राउने बताए । महोत्सव उद्घाटनका लागि सरकारी निजीदेखिका सरोकारवाला सबै क्षेत्रमा प्रतिनिधीलाई आमन्त्रण गरिएको छ । महोत्सव ५चैत्रसम्मै संचालन हुनेछ ।







