दोधारा । कञ्चनपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य ज्ञानेन्द्र महताले विभिन्न स्थानमा धन्यवाद सभा आयोजना गर्नुभएको छ् । कञ्चनपुरको बिभिन्न स्थानमा पुगेर धन्यवाद सभा आयोजना गर्ने क्रममा दोधारा चाँदनी नगरपालिकामा पुग्नुभएको प्रतिनिधी सभा सदस्य ज्ञानेन्द्र महताले दोधारा चाँदनी नगरपालिकाको भाईरल महाकाली पक्की पुल, चाँदनी बजार, हेल्थपोष्ट बजार, बाबाथान बजार, कालिका हाँट बजार लगाएत क्षेत्रमा धन्यवाद सभा आयोजना गरिएको प्रतिनिधी सभा सदस्य ज्ञानेन्द्र महताले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका जनताले समेत रास्वपा प्रतिको अपार मायालाई आफुहरुले कदर गर्ने बताउदै केही दिनमा दोधारा चाँदनीमा वडागतरुपमा घरदैलो गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाको पिडा आफुले नजिकबाट देखेको बताउदै बिकृती, बिसंगती बिरुद्ध आफुहरु खरो उत्रिने बताउदै अबका दिनमा जनताको हितलाई मध्यनजर राख्दै काम अघि बढाउने कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधी सभा सदस्य ज्ञानेन्द्र महताले बताउनुभयो । प्रतिनिधी सभा सदस्य महतालाई स्थानियबासीहरुले फुलमालाले स्वागत गरेका थिए ।

रास्वपाले विजयी जुलुस ननिकाल्ने केन्द्रीय निर्देशन दिएपछि मतदातालाई धन्यवाद दिनका लागी धन्यवाद सभा आयोजना गरिएको रास्वपा दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले जानकारी दिनुभएको छ् ।







