काठमाडौ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भारी मतले निर्वाचित भएका छन्।

नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतले पछि पार्दै बालेन निर्वाचित भएका हुन्।

१ लाख ६ हजार ३७२ मत खसेकोमा बालेनले ६८ हजार ३४८ प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका निर्वाचन अधिकृतले जनाएका छन्। झापा ५ मा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ।







