कञ्चनपुर :– कुनैबेला दिपकराज बोहरा जनताका समस्या उठान गर्न, सुशासन, भ्रष्टाचार बिरुद्धमा टेलिभिजनको पर्दाथमा देखिन्थे । टेलिभिजन मार्फत जनताका थुप्रै समस्या उठान गर्दै सरकारी सार्वजनिक निकायमा हुने बेथिति भ्रष्टाचार बिरुद्ध शसक्त आवाज बुलन्द गथे । टेलिभिजनका पर्दामा देखिने पुर्व पत्रकार बोहरा अहिले सासद भएका छन । दुई दशक मेनस्ट्रीमको पत्रकारिता गरेका बोहरा अहिले सांसदको यात्रामा पुगेका हुन । चुनाव जितेर ससद प्रवेस गर्दै जनताका समस्या र बेतिथि भ्रष्टाचार चिर्दै निमुखा जनताको हक अधिकारका लागी सहि नीति, कार्यक्तम सुशासनका लागि भन्दै बोहरा मत मागेका थिए । नेपाल टेलिभिजनदेखि न्यूज २४, फोरके ग्यालेक्सीमा काम गरेका पत्रकार बोहरासंग देशभरका जनताका आधारभूत समस्या उठान गरेका अनुभव छ ।

समाचारका माध्यमबाट मात्रै होईन, आफै नीति, निर्माता बनेर निमुखा नेपाली जनताका मुख्य समस्या समाधान गर्ने सकल्प सहित जिवनमै पहिलो पटक चुनावी मैदान टेकेका बोहराले अहिले देशको सर्वोच्च सासदमा पुगेका हुन । दुईं दशक सकृय पत्रकारिता गरेका बोहरा आफुले पत्रकारिताका दौरानामा कुनैपनि दल निकट पत्रकार संघ संगठनको सदस्य नभई निष्पक्ष काम गरेका छवि बनाएका थिए । ७ असार ०७९सालमा स्थापना भएको रास्वपाका संस्थापक केन्द्रीय सदस्य बोहरा सासदका लागि मात्रै होईन क्षेत्रका लागि समेत पहिलो र नयाँ थिए । देशमा विद्यमान रहेका राजावादीदेखि गणतन्त्रवादी दलबाट निकास ननिस्कएको भन्दै बैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपाले परिर्वतनको एजेण्डा बोकेको उनको जिकिर छ । ३८ बर्षिया बोहराले बेरोजगारी अन्त्य, युवा शक्ति विदेश पलायन रोक्ने, आरक्षपीडित, भूमिहिन, सुकुमबासीमा समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, चुरे सरक्षण, कृषि, पर्यटन, औद्योगिक क्षेत्रको विकास गर्र्दै जनतालाई आत्मनिर्भर बनाउने क्षेत्रको दीगो विकासका कार्यक्तम अघि बताउने बताएका थिए ।

०४८देखि ०७९सम्म भएका निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीले क्षेत्रका लागि गरेको भन्दा उत्तम काम गर्ने बाचा गरेका थिए । बोहराले जनतासंग प्रत्यक्ष भेटेरै देशको व्यवस्था परिर्वतन भयो, तर त्यही व्यवस्थामा बाचिरहेका जनताको अवस्थामा कुनैपनि परिर्वतन नआएको भन्दै पाटीले जनताको जिवनमा वास्तविक जिवनमा परिर्वतन ल्याउने संकल्पका साथ अघि बढिरहेको बताए । राजनीति मार्फत जनताको जनजिविका परिर्वतन गरेर सुधारोन्मुख मार्गमा अघि बढ्ने बताए । परिर्वतनको एजेण्डा बोकेका बोहराले आफुलाई युवादेखि जेष्ठ नागरिकले साथ सर्मथन दिईरहेको दावि गरेका छन । वैकल्पिक शक्ति रास्वपाका युवा नेता समेत रहेका बोहरा तीन पटक सांसद जितेर शिक्षाराज्यदेखि सिँचाई, परराष्ट्रमन्त्री भईसकेका काँग्रेंस उम्मेदवार एनपी साउद ठुला दल एमालेका युवा नेता बचन बहादुर सिह र नेपाली कम्युनिष्ट पाटी(नेकपा)का माधव प्रशाद पन्तसंग जित्ने दाउमा हिडेका बोहरा अन्तत भारी मतका साथ विजयी भएका छन । यस क्षेत्रबाट ०४८मा काँग्रेसका बासुदेव भट्ट, ०५१मा एमालेका भोजराज जोशी, ०५६, ०७०, ०७९ मा काँग्रेसका एनपी साउद, ०६४मा माओवादीका देवीलाल चौधरी,०७४मा एमालेका नर बहादुर धामी र अहिले ०८२मा रास्वपाका युवा नेता बोहरा निर्वाचित भएका थिए । उक्त क्षेत्रबाट १९उम्मेदवार चुनावी मैदानमा होमिएका थिए । ३० वडा रहेको क्षेत्र २ मा १ तेस्रंो लिङ्ग सहित ५३ हजार ४४५ पुरुष, ५६ हजार, १२८ पुरुष गरेर १लाख, ९ हजार ५७४ मतदाता रहेका थिए ।

– कुनैबेला दिपकराज बोहरा जनताका समस्या उठान गर्न, सुशासन, भ्रष्टाचार बिरुद्धमा टेलिभिजनको पर्दाथमा देखिन्थे । टेलिभिजन मार्फत जनताका थुप्रै समस्या उठान गर्दै सरकारी सार्वजनिक निकायमा हुने बेथिति भ्रष्टाचार बिरुद्ध शसक्त आवाज बुलन्द गथे । टेलिभिजनका पर्दामा देखिने पुर्व पत्रकार बोहरा अहिले सासद भएका छन । दुई दशक मेनस्ट्रीमको पत्रकारिता गरेका बोहरा अहिले सांसदको यात्रामा पुगेका हुन । चुनाव जितेर ससद प्रवेस गर्दै जनताका समस्या र बेतिथि भ्रष्टाचार चिर्दै निमुखा जनताको हक अधिकारका लागी सहि नीति, कार्यक्तम सुशासनका लागि भन्दै बोहरा मत मागेका थिए । नेपाल टेलिभिजनदेखि न्यूज २४, फोरके ग्यालेक्सीमा काम गरेका पत्रकार बोहरासंग देशभरका जनताका आधारभूत समस्या उठान गरेका अनुभव छ ।