नेकपा उम्मेदवार पन्तले बोहरालाई दिए बधाई


कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र २मा नेपाल कम्युनिष्ट पाटी(नेकपा)का उम्मेदवार माधव प्रशाद पन्तले निर्वाचित रास्वपाका उम्मेदवार दिपकराज बोहरालाई बधाई दिएका छन । निर्वाचन अधिकृतको कार्यालय झलारीमै पुगेर नेकपाका उम्मेदवार पन्तले निर्वाचित बोहरालाई बधाई तथा शुभकामना दिएका हुन ।

पन्तले बोहरालाई खादा ओढाएर हार्दिक बधाई तथा शुभकामना दिर्दै क्षेत्रका आम सदस्यादेखि देशको हितमा काम गर्न समेत सुझाव दिएका छन । साथै नेकपा उम्मेदवार पन्तले आम क्षेत्रका जनता, नेता कार्यकर्तादेखि चुनाव प्रचारप्रसारमा खटिने नेता कार्यकर्तादेखि निर्वाचन आयोग, सुरक्षाकर्मी, प्रशासन सबै निकायप्रति हार्दिक आभार प्रकट गरेका छन । आफु पराजित भएपनि नेकपाका पन्तले निर्वाचित रास्वपाका उम्मेदवार बोहरालाई खादा ओढाएर हार्दिक बधाई दिएसंगै पन्तको राजनैतिक संस्कारको चौतर्फि प्रससा भईरहेको छ ।


ताजा समाचार

spot_img