कञ्चनपुर: कञ्चनपुर निर्वाचन क्षेत्र २मा राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का उम्मेवार दिपकराज बोहराको जित सुनिश्चित भएको छ । ५५ हजार ८२३ मत गन्दासम्म बोहराले ३० हजार, ८७१, उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार एव पुर्वमन्त्री एनपी साउदले ९हजार ९७०, नेकपाका उम्मेदवार माधव पन्तले ५हजार ९३, राप्रपाका उम्मेदवार तिर्थराज चटौतले १हजार ८१८मत ल्याएका छन ।

अब गन्नबाँकी ९ हजार ५८ मध्ये बोहराले २० हजार मत बढी ल्याएका छन । क्षेत्र २मा ६४ हजार, ८सय ८१ मत खसेका थिए । पहिलो पटक चुनावी मैदान टेकेका पुर्व संचारकर्मी बोहरा जित उन्मुख भएसंगै महाकाली प्रादेशिक अस्पतालको बस्तु स्थितिबारे समेत अनुगमन गरेका थिए । बोहराले निमित्त मेसु डा. अर्जुनक कुमार भट्टसंग अस्पतालमा बिरामीले गरेको सेवा बारे गुनासो गरेको विषयमा चासो देखाएका थिए ।

बोहरा चुनाव प्रचारप्रसारका सिलसिलामा क्षेत्र २ शुक्लाफाँटा ११दिपनगरका दुबै मृगौला फेल भएर उपचारकै क्रममा निधन भएका डम्बर दमाईको समेत विषयमा चासो देखाउँदै अब कुनैपनि नागरिक बिरामी हुँदा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन ध्यानाकर्षण गराएका छन । २मा १तेस्रंो लिङ्ग सहित ५३ हजार ४४५पुरुष, ५६ हजार, १२८ पुरुष गरेर १लाख, ९ हजार ५७४मतदाता मध्ये ३६ हजार ३८७ महिला र २८ हजार ४८४पुरुष गरेर ६४ हजार, ८सय ८१ अर्थात ५९.४८ प्रतिशतले मतदान गरेका छन । मत गणना जारी राखिएको छ ।







