कञ्चनपुर १ मा रास्वपाका जनक धामी दोब्बर मतले अगाडी


महेन्द्रनगर: कञ्चनपुर निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का उम्मेदवार जनक सिह धामीले दोब्बर मतले अग्रता लिएका छन ।

क्षेत्र १ निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दिउँसो ४ बजेसम्म ९ हजार ९२४ मत गणना गर्दा रास्वपाका उम्मेदवार धामीले अग्रता कायमै राखेका हुन । अहिले पुनर्वास नगरपालिका १, २, ३, ४ ५ को मत गणना अनुरुप एमालेका तारालामा तामाङ्क भन्दा दोब्बर मतले अग्रता कायमै राखेको छ ।

रास्वपाका धामीले ३ हजार ७६९ एमालेका तारालामा तामाङ्कले १हजार ९६१, नेकपाका बीना मगर १हजार ६३२ र काँग्रेसका गोपी प्रशाद उपाध्याय १ हजार ४३ मत ल्याएका छन । नेकपा विप्लव माओवादीका पुरन रानाले ३२ मत ल्याएका छन ।

पहिलो पटक चुनावी मैदान टेकेका रास्वपाका नेता धामी पुर्वमन्त्री बीना मगर, पुर्व सासद तारालामा तामाङ्क, पुरन रानासंग चुनावी मैदानमा होमिएकमा छन । क्षेत्र १ मा ५० हजार १२३पुरुष, ५१ हजार ५८८महिला गरेर १लाख, १हजार, ७२४मतदाता मध्ये ३३हजार ४०३ पुरुष, २७ हजार ७६१महिला गरेर कुल ६१हजार ७४अर्थात ५९.७९प्रतिशतले मतदान गरेका थिए ।


ताजा समाचार

spot_img