कञ्चनपुर १मा रास्वपाका जनक धामीको आग्रता कायमै


कञ्चनपुर – कञ्चनपुर निर्वाचन क्षेत्र १मा राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का उम्मेदवार जनक सिह धामीको अग्रता कायमै छ । क्षेत्र १ निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दिउँसो अढाई बजेसम्म ६ हजार २४ मत गणना गर्दा रास्वपाका उम्मेदवार धामीले अग्रता कायमै राखेका हुन ।

अहिले पुनर्वास नगरपालिका १, २ र ३को मत गणना अनुरुप एमालेका तारालामा तामाङ्कलाई ३सय ११को अन्तरले पछ्उँदै अग्र स्थान कायमै राखेका छन । एमालेका तारालामा तामाङ्कले १हजार ५१९, नेकपाका बीना मगर १हजार ८९ र काँग्रेसका गोपी प्रशाद उपाध्याय ६सय १३मत ल्याएका छन । नेकपा विप्लव माओवादीका पुरन रानाले १९मत ल्याएका छन । पहिलो पटक चुनावी मैदान टेकेका रास्वपाका धामी पुर्वमन्त्री बीना मगर, पुर्व सासद तारालामा तामाङ्क, पुरन रानासंग चुनावी मैदानमा होमिएकमा छन ।

क्षेत्र १ मा ५० हजार १२३पुरुष, ५१ हजार ५८८महिला गरेर १लाख, १हजार, ७२४मतदाता मध्ये ३३हजार ४०३ पुरुष, २७ हजार ७६१महिला गरेर कुल ६१हजार ७४अर्थात ५९.७९प्रतिशतले मतदान गरेका थिए ।


ताजा समाचार

spot_img