कञ्चनपुर–२ मतगणना अपडेट: कृष्णपुरका ३ वडामा रास्वपाका दीपक बोहरा फराकिलो अग्रता


कञ्चनपुर : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ।
पछिल्लो अपडेट अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर ७, ८ र ९ को मतगणना सम्पन्न भएको छ। यी तीन वडामा जम्मा ७ हजार ५६६ मत खसेको थियो, जसमध्ये ४३२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
गणना भएका मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक राज बोहराले ४ हजार २६८ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेका छन्। त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार नारायण प्रकाश (एनपी) साउदले १ हजार ५२५ मत प्राप्त गरेका छन्।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार बचन बहादुर सिंहले ८३७ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार माधव प्रसाद पन्तले ४२७ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूको मतगणना पनि जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


ताजा समाचार

spot_img