कञ्चनपुर: प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनक सिंह धामी ९८३ मतसहित अग्रस्थानमा रहेका छन् ।

त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङले ५२४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार बीना मगरले ३८६ मत प्राप्त गरेकी छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार गोपी प्रसाद उपाध्यायले ३७३ मत प्राप्त गरेका छन् ।

अन्य उम्मेदवारहरूको मत परिणाम यस प्रकार रहेको छ :
माइकल तामाङ (उज्यालो नेपाल पार्टी) – ११०
दिल्ली बहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) – ४२
अन्यको विवरण अद्यावधिक हुन बाँकी रहेको छ ।

मतगणना जारी रहेकाले आगामी परिणाममा फेरबदल हुन सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल १ लाख १ हजार ७२४ मतदाता रहेको क्षेत्र नम्बर १ मा ६१ हजार ७४ मत खसेको छ । जसमा ३३ हजार ४०३ महिला र २७ हजार ६७१ पुरुष मतदाता रहेका छन् । यस क्षेत्रमा ६०.०३ प्रतिशत मतदान भएको छ । १९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।






