कञ्चनपुर: प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण हिसाबले सम्पन्न भएको छ। जिल्लाको कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो।

साझ ५:०० बजेसम्म कुल ६१ हजार ७४ मत खसेको छ । जसमा ३३ हजार ४०३ महिला र २७ हजार ६७१ पुरुष मतदाता रहेका छन् । कुल १ लाख १ हजार ७२४ मतदाता रहेको यस क्षेत्रमा ६०.०३ प्रतिशत मतदान जनताले गरेका छन्।

बिहान ७ बजेदेखि सुरु भएको मतदान ५२ मतदान स्थलका १ सय २२ मतदान केन्द्रमा सञ्चालन भएको थियो । मतदान अवधि भर कुनै ठूलो अप्रिय घटना नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अब सर्वदलीय सर्वपक्षीय सहमतिमा मतपेटिका संकलन गरी मतगणनाको तयारी गरिने जनाइएको छ ।

निर्वाचनको अन्तिम परिणाम भने मतगणना सम्पन्न भएपछि सार्वजनिक गरिने छ । मतदान सम्पन्न र मतगणनाको तयारीका विषयमा थप जानकारी कञ्चनपुर क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत दामोदर घिमिरेबाट सुन्नुहोस् ।






