निर्वाचन विशेष: कञ्चनपुर क्षेत्र नम्बर १ मा दिउँसो २ बजेसम्म ४८.७० प्रतिशत मतदान


कञ्चनपुर: प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा मतदान शान्तिपूर्ण रुपमा जारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुर-एकका अनुसार दिउँसो २:०० बजेसम्म ४९ हजार ५४२ मत खसेको छ । जसमा २६ हजार ७९७ महिला र २२ हजार ७४५ पुरुष मतदाता रहेका छन् । कुल १ लाख १ हजार ७२४ मतदाता रहेको यस क्षेत्रमा दिउँसो २ बजेसम्म ४८.७० प्रतिशत मतदान भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान ५२ मतदान स्थलका १ सय २२ मतदान केन्द्रमा जारी रहेको छ । हालसम्म कुनै अप्रिय घटना नभएको र मतदान शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । मतदान बेलुका ५ बजेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निर्वाचन प्रहरी मतदान स्थलको भित्र र बाहिर परिचालन गरिएको छ ।


ताजा समाचार

spot_img