कञ्चनपुरको दोधारा चाँदनीमा मन्दिरको घण्टी छोपियो


कञ्चनपुर । निर्वाचनको संघारमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेको मन्दिरका घण्टी छोपिन थालेका छन् । दोधारा चाँदनी नगरपालिका– ७ पुर्णागिरी आधारभुत बिद्यालय मतदान स्थल नजिक रहेको गौरा माता मन्दिरमा रहेको घण्टीलाई कपडाले छोपेको पाईएको छ् । मतदान स्थल नजिक रहेको गौरा माता मन्दिरमा रहेको घण्टीलाई कपडाले छोपेको अवस्थामा रहेको राष्ट्रीय स्वतन्त्र पार्टी दोधारा चाँदनीका नगर अध्यक्ष पुरन कुमालले जानकारी दिनुभएको छ् ।

देश अहिले घण्टीमय भएको अवस्थामा राष्ट्रीय स्वतन्त्र पार्टी प्रतिको लहरलाई कम गर्न यस्तो कार्यले झनै मतदातामा राष्ट्रीय स्वतन्त्र पार्टी प्रति अकर्षण जागेको उहाँले बताउनुभयो । अहिले रास्वपालाई निर्वाचनमा हराउन सामाजिक सञ्जालमा बिभिन्न लाञ्छना लगाउने, मन्दिरको घण्टीलाई छोप्ने लगाएत कार्यले स्थानिय मतदातामा घण्टी प्रति अझै उत्साह जागेको राष्ट्रीय स्वतन्त्र पार्टी दोधारा चाँदनीका नगर अध्यक्ष पुरन कुमालले बताउनुभएको छ् ।


ताजा समाचार

spot_img