कञ्चनपुर : नेकपा कञ्चनपुर क्षेत्र १ की उम्मेदवार बीना मगर जिताउनका १लागि बेलडाँडीका नेपाली काँग्रेस, नेकपा एमालेका नेता कार्यकर्ताहरु पाटी परित्याग गर्दै नेकपातिर प्रवेस गरिरहेका छन । नेकपा नेतृ बीना मगर जिताउनका लागि फेरी सोमबार बेलडाँडीका काँग्रेस, एमाले सहितका विभिन्न दल परित्याग गरेर नेकपा प्रवेस गरेका हुन ।

नेकपा बेलडाँडीका संयोजक डम्बर बहादुर शाहले एमालेका अमर नेपाली, पदम दमाई, सरस्वती सुनार, दिनेश सुनार, काँग्रेसका रतन जोशी, पदम सुनार, बिरु ओखेडा सहितका र्दजनौँ स्थानीय नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेको बताए ।

कञ्चनपुर निर्वाचन क्षेत्र १बाट नेकपा उम्मेदवार बीना मगर जिताउनका लागि बेलडाँडीमा एमाले, काँग्रेसका नेता कार्यकर्ताहरुले पाटी परित्याग गर्दै नेकपा प्रवेस गरेका हुन ।

नेपाल कम्युनिष्ट पाटी केन्द्रीय सदस्य जिवनराज थापा, नेकपा नेता भीम ब. थापा, बीर बहादुर बडुवाल, डम्बर ब. शाह, ईश्वरी भट्ट, बीर ब. विष्ट,गगन थापा, रमा विष्ट, विष्णू उपाध्याय सहितका नेताहरुले स्वागत गरेका थिए ।






