कञ्चनपुर: नेकपा एमालेका पुर्व केन्द्रीय सदस्य तथा सासद नर बहादुर धामीले पाटी कञ्चनपुर क्षेत्र २का उम्मेदवार बचन सिहको नामै नलिएरै पाटीका उम्मेदवार जिताउन आब्हान गरेका छन ।

सोमबार एमाले क्षेत्र २को चुनावी ¥यालीपछि झलारीमा आयोजित कोण सभा कार्यक्रम सम्बोधन गर्दै एमाले नेता धामीले २का उम्मेदवार बचन सिहको नामै नलिएरै पाटीका उम्मेदवार जिताउन आब्हान गरेका हुन ।

एमाले क्षेत्रबाट टिकट सिफारिस भएका धामीलाई पाटीले टिकट दिएन । उनले एमाले उम्मेदवार बचन मात्रै होईन कसैको पनि नामै नलिएर सुर्यमा मतदानका लागि आब्हान गरेका छन । चुनावी कोण सभा सम्बोधन गर्ने स्वयम एमाले उम्मेदवार बचन सिह, एमाले जिल्ला इन्चार्ज निरुदेवी पाल, केन्द्रीय सदस्य एव समानुपातिक उम्मेदवार कृपाराम राना, एमाले नेता विष्णूदत्त जोशी, एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढा सहितले आफ्नै पाटीका अध्यक्ष केपी शर्मा ओलीको नामै लिएनन्, बरु उल्टै काँग्रेस निर्वतमान सभापति शेर बहादुर देउवाले सुदूरको विकासका लागि गरेको विकासको चर्चादेखि देशप्रेमी नेता भएको टिप्पणी गरेका छन ।

भ्रष्टाचार बिरुद्ध जेनजी आन्दोलन पछि अपदस्थ भएको एमाले सरकार त्यसपछि पाटी नेतृत्वदेखि एमालेको जनताप्रति आकर्षण घटिरेहका बेला एमाले नेताहरुले काँग्रेस जनमत तान्नका लागि धारणा दिएको कतिपय एमाले नेताहरुकै टिप्पणी छ ।
समान्य मञ्चमा पनि पाटी अध्यक्ष ओलीको गुणगान गाउने एमाले नेताहरु अहिले आफ्नो पाटीका अध्यक्षको नाम लिनै छाडेर फरक दलका पुर्व नेतृत्वको नाम लिएर प्रंससा गर्न थालेपछि एमाले नेता कार्यकर्ताहरु आफ्नै पाटी नेतृत्वप्रति वाक्क भएको स्थानीय नेता कार्यकर्ताहरुको भनाई छ ।






