कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)ले कञ्चनपुर क्षेत्र २मा बृहद चुनावी ¥याली निकालेको छ । सोमबार रास्वपाले क्षेत्र २मा बृहद चुनावी ¥याली निकालेको हो । रास्वपा कञ्चनपुरका युवा नेता डम्बर भट्टले हजारौँ नेता कार्यकर्तादेखि जनताको सहभागितामा बृहद चुनावी ¥याली निकालिएको बताए ।

उनका अनुसार क्षेत्रका बेदकोट, शुक्लाफाँटा, कृष्णपुरका सबै वडाका गाँउबस्ती, टोलबाट आएका नेता कार्यकर्तादेखि जनताले यस पटक भ्रष्टाचार बिरुद्ध, सुशासनका लागि रास्वपामा मत दिन आएको बताएका छन । रास्वपा उम्मेदवार दिपकराज बोहराले यस अघि जितेका सासद भन्दा उत्कृष्ट काम गर्ने प्रण गरेका छन ।







