कञ्चनपुर: नेकपा एमाले कञ्चनपुर निर्वाचन क्षेत्र नं.२ मा चुनावी माहोल बनाउन शक्ति प्रर्दशन गरेकोछ । सोमबार एमाले क्षेत्र २ ले बेदकोटदेखि कृष्णपुरसम्म शक्ति प्रर्दशन गरेको हो । क्षेत्रका तीनै पालिकाबाट आएको ¥याली झलारी बजारमा कोण सभामा परिणत गरिएको छ ।

नेकपा एमाले क्षेत्र २ निर्वाचन परिचालन समितिका संयोजक अशोक कुमार चन्दले बृहद ¥याली सहित कोण सभा गरिएको बताए । उनका अनुसार क्षेत्रभरीका ३२वटै वडाका गाँउ गाँउबाट आएका हजारौँ नेता कार्यकर्ताहरुले यस पटक देश बचाउन एमालेमा मतदानका पक्षमा जनलहर देखिएको छ ।

कोण सभा सम्बोधन गर्दै एमाले कञ्चनपुरका नेताहरुले अहिलेको निर्वाचन देश जलाउने र देश बनाउनेविचको लडाई भएकाले त्यसमा विवेक प्रयोग गर्नुपर्ने बताएका छन ।
कोण सभा सम्बोधन गर्दै नेकपा पाखा नेता विष्णूदत्त जोशी(प्रधान)ले चुनाव क्षेत्र नभई विचार भएकाले एमाले एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

एमाले पुर्व सासद नर बहादुर धामीले क्षेत्र २का उम्मेदवार बचन बहादुर सिहको नामै नलिएर मत मागेका छन । एमालेबाट टिकट सिफारिस भएका धामीलाई पाटीले टिकट दिएन । उनले एमाले उम्मेदवार बचन मात्रै होईन कसैको पनि नामै नलिएर सुर्यमा मतदानका लागि आब्हान गरेका छन ।
कोण सभा सम्बोधन गर्दै पुर्व सासद एव समानुपातिक उम्मेदवार कृपाराम रानाले एमाले देश बचाउने पाटी भएकाले अहिले मतदान गरेर देश बचाउने सहयोग गर्न अपिल गरेका छन ।
एमाले केन्द्रीय सदस्य तथा कञ्चनपुरका इन्चार्ज निरुदेवी पालले नयाँ दल भनेपनि पुरानै दलका नेता कार्यकर्ताहरु रहेको स्पष्ट पारेकी छिन । उनले देउवा देशका सच्चा सपुत भएको र देश बचाउन उनको भूमिका रहेको प्रसंसा गरेकी छिन ।
अहिले देउवालाई पनि काँग्रेसले सभापति खोसिदिएको भन्दै चिन्ता व्यक्त गरेकी छिन । एमाले क्षेत्र २ का उम्मेदवार बचन बहादुर सिहले समेत आफुले जितेपछि काँग्रेस सभापति शेर बहादुर देउवाको सम्मान गर्ने बताए । काँग्रेस उम्मेदवार एनपी लक्षित गरेर पाटी सभापतिलाई अपमान गर्नेहरुलाई जिताउनु भन्दा आफुलाई जिताए देउवाको सम्मान गर्ने घोषणा गरेका छन ।






