कञ्चनपुर: नेपाली कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुरका नेता प्रताव तिरुवाले आफुले क्षेत्र ३का उम्मेदवार मान बहादुर सुनार जिताउन गरेको अपिललाई तोडमोड गरेको बताएका छन ।

नेकपा केन्द्रीय सदस्य तथा भीमदत्त नगरका स्थानीय समेत रहेका तिरुवाले नेकपा क्षेत्र क्षेत्र ३का उम्मेदवार मान बहादुर सुनार जिताउन गरेको अपिललाई तोडमोड गरेको बताएका हुन ।

नेकपा क्षेत्र ३ का उम्मेदवार मान बहादुर सुनार जिताउन खटिएका तिरुवाले आफु बिरुद्ध विपक्षी दलका केही व्यक्ति, नेता कार्यकर्ताहरुले समाजिक सञ्जालदेखि मिडियामा दुष्प्रचार गरिरहेको विषयप्रति खेद प्रकट गरेका छन । उनले क्षेत्र ३बाट नेकपा उम्मेदवार मान बहादुर सुनार जित्ने भएपछि विपक्षी अत्तालिएर दुरुप्रचार गर्न उद्यत रहेकोले त्यस भ्रमको पछि नपर्न आग्रह गरेका छन । स्वच्छ छविका नेकपा उम्मेदवार जिताउन क्षेत्रबासीमा अपिल गरेका छन ।







