कञ्चनपुर: नेपाल कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुरका तीनै उम्मेदवारप्रति क्षेत्रमा जनआकर्षण बढिरहेको छ । नेकपा नेतृ एव क्षेत्र १ की उम्मेदवार बीना मगर, २का माधव प्रशाद पन्त र ३का मान बहादुर सुनारप्रति जनआकर्षण बढिरहेको हो । नेकपाका समावेसी त्रय उम्मेदवार बीना मगर, पन्त र सुनारप्रति गाँउ गाँउ गाँउमा क्र्रेज बढीको छ ।

क्षेत्रका जनताले पुर्व मन्त्री भईसकेकी बीना मगर पुन जिम्मेबारी दिने तयारीमा छलफलमा जुटेका छन । ०७४मा बीनाले जितेर गएपछि क्षेत्रको विकासका काँचुलिफेरेको भन्दै यस पटक बीना मगर जिताउन जेनजी, युवा, महिला, किसानदेखि फरक दलका कस्सिएका छन । पिएचडी गरेका क्षेत्र २ का उम्मेदवार माधव प्रशाद पन्तप्रति पनि आकर्षण बढिरहेको छ । उनीहरुप्रति जताले केही काम गर्ने विश्वास व्यक्त गरेका छन । अन्य दलमा चुनावी प्रचारप्रसारमा गएपनि यस पटक युवा उम्मेदवार माधव पन्तलार्ई जिताउने पक्षमा देखिएका छन । विगतमा गाँउको बृद्धि विकास उच्च शिक्षाका लागि आफ्नै निजी जमिन दान गरेका मान बहादुर सुनारको पक्षमा समेत दैनिक जनआकर्षण बढिरहेको छ ।

मुलुक पञ्चायतकालदेखि गणतान्त्रिक युगमा आईपुग्दा कञ्चनपुरकी महिला नेतृ बीना मगर ८ बर्ष अघि नेपाल सरकारको पहिलो फुलमन्त्री बनेकी थिईन । त्यस अघि ०१५ सालमा भएको आम निर्वाचनमा काँग्रेसका संस्थापक विपि कोईराला नेतृत्वको क्याबिनेटमा सुदूरबाट ०१६सालतिर द्वारिकादेवी ठकुरानी सहायक मन्त्री भएकी थिईन् । त्यस यता हालसम्म सुदूरबाट महिलाबाट बिना मगर पहिलो फुलमन्त्री बनेकी थिईनन् । खानेपानीमन्त्री भएकी बिना मगरले ढल, सहितका खानेपानी पूर्वाधार विकासका कार्यक्रम ल्याएकी थिईन । ०७९मा पनि झण्डै २० हजार जनताले विश्वास गरेका थिए । बीना दोस्रो पटक सांसद बन्न क्षेत्र १ बाट चुनावी मैदानमा होमिएकी छिन । ०४२ बर्षिया बीना मगर फेरी क्षेत्रको दीगो विकास सम्बृद्धिका एजेण्डा अघि सार्दै चुनावी मैदानमा होमिएकी हुन । शुरुवातदेखि चुनावमा होमिएकी बीनाले धुवाँधुलो, हिलोमुक्त, नदीखोलामा पुलयुक्तदेखि जनताका आधारभूत समस्या समाधानका लागि चुनावी एजेण्डा बनाउँदै आएकी थिईन ।

संयोग ०६४मा सहकर्मी पुरन राना थारु जिताउने अभियानमा हिडेकी बिना अहिले विप्लव नेतृत्वको नेकपा माओवादी केन्द्रका पुर्व सांसद पुरन रानाथारु, ०७४मा सहकर्मी बनेका प्रदेश सभा सदस्य १(ख) र ०७९मा प्रतिस्पर्धी रहेका एमालेका तारालामा तामाङ्गसंगै दोस्रो पटक चुनावी मैदानमा होमिएकी छिन । बीना मगर क्षेत्र १कै पुनर्वासको अरनिको वस्तीस्थित अरनिको प्राविबाट शिक्षारम्भ गर्दै, पुनर्वासकै गौरीशंकर निम्न मावि हुँदै जनता मावि पुनर्वासबाट माध्यमिक तहको शिक्षा पूरा गर्दै उच्च शिक्षाका लागि काठमाण्डौँ गएकी थिईन । बाल्यकालदेखि नै समाजमा विद्यमान गरीबी, असमानता र विभेद देखेर बीना मगरमा विद्रोही स्वभाव विकास हुँने क्रममा ०५१ सालमा ११ वर्षको उमेरमै उनी जनबालकलाकारको भूमिकामा राजनीतिमा प्रवेश गरेकी थिईन । सुदूरबाटै पहिलो पटक फुल खानेपानीमन्त्री बनेकी बीना मगर ५पुष ०७७मा तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसगै मन्त्रीको कार्यकारी अधुरै रहेपछि अपेक्षा अनुरुप काम गर्न सकेनन् ।
विद्यावारिधी(पिएचडीधारी) पुर्व विद्यार्थी नेता पन्त प्रतिनिधी सभा सदस्य(सासंद)का लागि कञ्चनपुर २बाट चुनावी मैदानमा होमिएका छन । कञ्चनपुर ३मा मान बहादुर सुनार एक्ला उम्मेदवार चुनावी मैदानमा होमिएका छन । सिङ्गो दलित समुदाय नेकपाप्रति आभार प्रकट गरिरहेका छन । राज्यको नीति, नियम, क्षेत्र समावेसीको सिद्धान्त ल्याउने नेकपा संयोजक एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) समावेसीका पणेता भएकाले अहिले अन्य दलमा रहेका दलित समुदायका नेताहरुले दलित समुदायको उत्थानका लागि राज्यका हरेक निकायमा पु¥याउन कागज, भाषणमा होईन यस्तै उम्मेदवार अघि सानुपर्ने धारणा लिईरहेका छन । चार दशकदेखि राजनीतिमा सकृय सुनारको राजकीय जिम्मेबारी क्रमसंगै अहिले दलित समुदायका सुनार राजनैतिक मात्रै होईन समाजिक क्षेत्रमा समेत उत्तिकै चर्चित छन ।
३३ बर्ष अघि ०४९ सालमा तत्तकालिन दोधारा गाविसको अध्यक्षको जिम्मेबारी कुसलतापुर्वक निर्वाह गरेका सुनारको काँधमा २५ बर्षपछि प्रदेश सभा सदस्यको जिम्मेबारी आयो । फेरी ८ बर्षपछि सुनार प्रतिनिधी सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन । ०७४ मा तत्तकालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेविच भएको चुनावी गठबन्धन अनुरुप एमालेबाट संघीय तर्फ डा. दीपक प्रकास भट्ट, तत्तकालिन एमालेबाटै ३(क) प्रकास रावल र माओवादीबाट सुनारले ३(ख)बाट टिकट पाएका थिए । उतिबेला भट्टले सुनार, सुनारले भट्टका लागि मत मागेका थिए । तर अहिले भट्ट र सुनार मुख्य प्रतिस्पर्धी भएका छन । भने, रावल अहिले पनि सुनार जिताउन खटिएका छन ।
पञ्चायतकालिन स्थानीय तह(सरकार)को नेतृत्व सम्हालेका सुनारले उतिबेला गरेको दीगो विकास निर्माणदेखि जनताका समस्यामा गरेका कामकाज योजनाको जनताले मुल्याङकन गर्दै अढाई दशकपछि पनि प्रदेश सभामा पठाउने निर्णय गरेका थिए ।
०७४ मा सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा सुनार क्षेत्र ३(ख)बाट उम्मेदवार थिए । उनलाई दोधाराचाँदनी सहित भीमदत्त नगरका जनताले भारी मतका साथ विजयी गराएर प्रदेशको सासद बनाए । प्रदेशको सांसद बनेका सुनार भूमि, व्यवस्था तथा कृषिराज्यमन्त्रीको जिम्मेबारीमा आए । राज्यमन्त्रीको छोटो जिम्मेबारीमा आएका सुनारले प्रादेशिक क्षेत्रको बृद्धि विकासका लागि कृषि, विपद्, भौतिक पूर्वाधार सहितका मानविय विकासका क्षेत्रमा काम गरेर चर्चा कमाएका तिनै सुनारको काँधमा फेरी केन्द्र सासदकै जिम्मेबारी आउने जनताको दावि छ । दोधाराचाँदनी नगरका स्थानीय कमल खत्रीले महाकाली नदी पारीका गाँउबस्तीको बृद्धि विकासका लागि सुनारले खेल्दै आएको भूमिका अतुलनिय भएको बताए । खत्रीले राजनैतिकसंगै समाजिक क्षेत्रको समेत भूमिकाले सुनार आशालाग्दो किरणकै रुपमा हेरिएको बताए । उनले






