दोधारा चाँदनीका मृगौला पिडित पन्त र चन्दको उपचार सहयोग रकम हस्तान्तरण


कञ्चनपुर । दोधारा चाँदनीका मृगौला पिडित भुवन बिहारी पन्त र नरेश चन्दको उपचार सहयोग रकम हस्तान्तरण गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– २ का मृगौला पिडित भुवन बिहारी पन्तलाई रु. ४० हजार र दोधारा चाँदनी नगरपालिका– ३ का अर्का मृगौला पिडित नरेश चन्दलाई रु. १४ हजार चेक रकम दोधारा चाँदनी विपद् सहायता कोषबाट उनैकै घरमा पुगेर हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख तथा दोधारा चाँदनी विपद् सहायता कोषका अध्यक्ष किशोर कुमार लिम्बुले बताउनुभएको छ् । कोरोना संक्रमणको बेला दोधारा चाँदनीका केही सामाजसेवीहरुले स्थापना गरेको विपद् सहायता कोषबाट संकलन भएको रकमबाट भुवन बिहारी पन्त र नरेश चन्दको उपचारमा लागी सहयोग होस् भन्ने अभिप्रायले उक्त रकम हस्तान्तरण गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

दुबै जना मृगौला पिडितहरुको आर्थिक अवस्था निकै दैनिय रहेको र स्थानियबासीहरुको सहयोगबाट उपचार गर्दै आएका हुदा सहयोगी दाताहरुले उपचारको सहयोग गर्न नगर प्रमुख किशोर कुमार लिम्बुले सबैमा अपिल गर्नुभएको छ् । लामो समय देखि मृगौलाको समस्याले ग्रसित भएर उपचार गर्न समस्या भएको अवस्थामा विपद् सहायता कोषबाट आफुहरुलाई प्राप्त रकमले उपचारमा ठुलो सहयोग हुने भएको मृगौला पिडित नरेश चन्दका धर्म पत्नी नन्दा चन्दले बताउनुभयो ।

उपचार गर्न आर्थिक समस्या पर्दै आएको हुदा केही दिन देखि आफ्नो श्रीमानलाई घरमै राख्न बाध्य भएको नन्दा चन्दले बताउनुभएको छ् । उपचार खर्च रकम हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिका कार्यालयका पुर्व विपद् शाखाका शाखा प्रमुख रघुनाथ भट्ट, हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीका अध्यक्ष पदम बहादुर सिंह, नेकपा एमालेका नेत्री खिमा चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्री शान्तीमाया सुनुवार लगाएत पिडितका घरपरिवारको उपस्थिती रहेको थियो ।


ताजा समाचार

spot_img