कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट नेकपा नेतृ बीना मगर जिताउनका लागि युवाहरु एकुजट हुन थालेका छन ।
क्षेत्रको दीगो विकासदेखिका आम समस्या समाधान युवाका बेरोजगारीदेखि समुदायका सबै तहतप्काका हेर्ने बीना मात्रै भएकाले जिताउन एकजुट हुन थालेका हुन । ०४८देखि ०७९सम्म जितेका मध्ये ०७४मा जितेर गएकी बीना मात्रै मन्त्री भएकी थिईन । खानेपानी मन्त्री हुँदा क्षेत्रको मुहारै फेर्ने काम गरेको भन्दै युवाहरु एकजुट हुन थालेका हुन ।

नेकपा कञ्चनपुरका युवा नेता हिमेश थापाले क्षेत्रका विभिन्न गाँउबस्तीहरुमा युवाहरु बीना मगर जिताउन एकजुट भई स्वघोषणा गरिरहेको बताए । उनका अनुसार ०४८देखि ०७९सम्म जितेका कुनैपनि सासद मन्त्री नहुँदा क्षेत्रको विकासमा समेत सुधार नभएको भन्दै अब अहिले पनि बीना जिते मात्रै मन्त्री हुने मन्त्री भएपछि क्षेत्रको विकास हुने भन्दै यस पटक पनि बीनालाई जिताउने युवाहरु घोषणा गरिरहेका छन ।

बीना जिताउनका लागि दैनिक लालझाडी, पुनर्वास, बेलौरी बेलडाँडीमा नेकपा एमाले, नेपाली काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेका छन । यीनीहरुले अब महिला नेतृ बीना मगर जिताउन अहोरात्र खटिने बताएका छन । पछिल्ला दिनहरुमा बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडीमा काँग्रेस, एमाले सहितका अन्य दल परित्याग गर्दै नेकपा प्रवेस गर्नेहरुको लहर नै चलेको छ । उनीहरुले फेरी कञ्चनपुरकी छोरी बीनालाई जिताएर सबैको भलो गर्नुपर्ने बताईरहेका छन ।







