बीना मगर जिताउन नेकपा बेलडाँडी जुरुक्क


कञ्चनपुर: नेकपा कञ्चनपुर १की उम्मेदवा बीना मगर जिताउनका लागि नेपाल कम्युनिष्ट पाटी बेलडाँडी जुरुक्क चुनावै मैदानमा होमिएको छ । यस पटक बेलडाँडीबाट सर्वोच्च मत दिलाउने सकल्प सहित नेकपा बेलडाँडी गाँउ कमिटिदेखि भूगोलका नेता कार्यकर्ताहरु जुरुक्क चुनावै मैदानमा होमिएका हुन । नेकपा नेता, कार्यकर्ताहरु यतिबेला गत विगतको मत भन्दा अहिले बढाउने गरेर फिल्डमा होमिएका छन ।

नेकपा बेलडाँडीका प्रभावशाली नेता ईश्वरी भट्टले विगतका निर्वाचन भन्दा अहिलेको निर्वाचनमा उच्च जनमत दिलाउने गरेर फिल्डमा खटिएको बताए । नेकपा नेता भट्टले ०६४, ०७० फर्काउने गरेर ०८२मा पनि सोही अनुरुप मेहनत गरिरहेको बताए । नेकपा बेलडाँडीका अर्का नेता बीर बहादुर बडुवालले अधिल्लो निर्वाचन भन्दा अहिलेको निर्वाचनमा नेकपाले राम्राmे जनमत पाउने दावि गरेका छन । ‘अहिले राम्रो सिङ्गो टिम पनि खटिएको छ, स्वयम उम्मेदवार पनि खटिएका छन, ‘उनले भने, ‘उम्मेदवार सहित हामीले जनताको घर घरमा गएर मत मागिरहेका छौँ ।’

नेकपा बेलडाँडीका संयोजक डम्बर शाहले बेलडाँडीबाट नेकपा उम्मेदवारलाई राम्रो मत दिलाउने गरेर नेता कार्यकर्ता युद्धस्तरमा फिल्डमा खटिएको बताए । शाहका अनुसार बेलडाँडीका सबै वडा, गाँउबस्तीतिर नेता कार्यकर्ता आ–आफ्नो जिम्मेबारीमा खटिका छन । हाम्रो उम्मेदवारले विगतमा चुनाव जितेर वा नजितेरै पनि क्षेत्रको बृद्धि विकास गरेकै आधारमा पनि जनमत बृद्धि हुने अपेक्षा गरेका छन । बेलडाँडीको दुई पटक प्रधान भईसकेका नेकपा नेता बीर बहादुर विष्ट(प्रधान)ले पनि महिला नेतृ उम्मेदवारलाई बेलडाँडीमै पनि पहिलो, दोस्रो प्रतिस्पर्धामा राखेर मत दिलाउने गरेर नेता कार्यकर्ता उजुरुक्क उठेर खटिएको बताए । नेकपा नेता विष्टले अन्य दल सहित स्वतन्त्र जनता नेकपामा प्रवेस गरेसंगै नेकपा बेलडाँडी उठ्न लागेको बताए ।

नेकपा युवा नेता खडक थापाले समेत बेलडाँडीमा नेकपामा युवा, विद्यार्थी, जेनजी, महिला, किसान, मजदुरदेखि जेष्ठ नागरिक नेकपातिरै रहेकाले ०७९भन्दा ०८२मा निकै राम्रो जनमत ल्याउने दावि गरेका छन । नेकपा उम्मेदवार बीना मगरले आफुले बेलडाँडीको दीगो विकासका लागि अहिले नभई पहिल्यैदेखि काम गर्दै आएको र आगामी दिनमा समेत थप कामकाज गर्दै जाने प्रतिबद्धता जाहेर गर्दै आएकी छिन । बेलडाँडीका जनताले समेत ०७४ मा जितेकी बिनालाई बेलडाँडीको दीगो विकासमा लागि अपेक्षा गरेका छन ।


ताजा समाचार

spot_img