कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र १बाट नेकपा नेतृ बीना मगर जिताउनका लागि नेकपा एमाले, नेपाली काँग्रेसबाट पाटी परित्याग गर्दै नेकपा प्रवेस गर्ने युवाहरुको ओईरो जारी छ । शनिबार पनि काँग्रेस, एमालेबाट जेनजेड युवाहरु नेपाली कम्युनिष्ट पाटी प्रवेस गरेका छन । नेकपा युवा नेता हिमेश थापाले क्षेत्र १ एमालेका विशाल सुनार, विकास सुनार, रोशन सुनार, काँग्रेसबाट राम सुनार, आसिफ फुलौटी, बिस्नु बुढा, प्रेम बुढा, महेन्द्र सुनार नेकपा प्रवेस गरेका छन ।

उनीहरुलाई नेकपा केन्द्रीय सदस्य भक्त बहादुर अधिकारी सहितका नेता कार्यकर्ताहरुले टिका लगाएर पाटी प्रवेस गराएका छन । पाटी प्रवेस गरेका एमाले, काँग्रेसका युवाहरु नेता कार्यकर्ताहरुले अब सुशासन क्षेत्रको विकासका लागि नेकपा नेतृ बीना मगर जिताउनुको विकल्प नभएको खटिने घोषणा गरेका छन । यस अघि पनि क्षेत्रका विभिन्न गाँउबस्तीबाट युवाहरु नेकपा प्रवेस गरिसकेका छन ।







