कञ्चनपुर : कञ्चनपुर १ बाट नेकपा महिला नेतृ बीना मगर जिताउनका लागि बेलडाँडीमा नेकपा नेता ईश्वरी भट्ट सारथी बन्दै छन । नेकपाको बेलडाँडीमा कम प्रभाव भएका बेला ईश्वरी पाटीको साख जोगाउन, बीना मगर जिताउनका लागि शक्तिशाल झै ईमान्दारितापुर्वक खटिएका छन । बेलडाँडीको राजनीतिक एव समाजिक क्षेत्रमा सकुय रहेका भट्टले बीना मगर जिताउनका लागि निरन्तर खटिएका छन । रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसका पुर्व अध्यक्ष, ०७९मा तत्तकालिन नेकपा माओवादीबाट बेलडाँडी गाँउपालिका प्रमुखमा उठेका भट्टसंगै नेकपा बेलडाँडी सयोजक डम्बर शाह सहितका नेता कार्यकर्ताहरु अहिले बीना जिताउने अभियानमा जुटेका छन ।

भट्ट सहितका नेता कार्यकर्ताहरुको पहलमा बेलडाँडीमा नेकपा एमाले र नेपाली काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेका छन । लडाँडी, बेलौरीमा एक कार्यक्रमका विच एमाले, काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेका हुन । उनीहरुले क्षेत्रको विकासका लागि नेकपा नेतृ एव पुर्वमन्त्री बीना मगर जिताउन लागि आफ्नो पाटीमा रहदा जिताउन नसकिने र बीना जिताउनका लागि नै पाटी परित्याग गरेका छन । नेकपा बेलडाँडीका संयोजक डम्बर बहादुर शाहले एमाले काँग्रेसका दर्जनौँ नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेको बताए ।

नेकपा नेता शाहका अनुसार एमाले कञ्चनपुरका जिल्ला सल्लाहकार सदस्य समेत रहेका महाकाली सिँचाई केन्द्रीय जल उपभोक्ता संघका अध्यक्ष भीम बहादुर थापा, प्रदेश सल्लाहकार सदस्य बिरु गिरी, बिर बहादुर विष्ट, एमाले नेतृ रमा भण्डारी(विष्ट), एमाले नेताहरु धनीदत्त भट्ट, लक्ष्मण सुनार, दिनेश चौधरी, यस्तै नेपाली काँग्रेसका मान ब. चौधरी, राम ब. चौधरी, जगत राना सहितका नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेका हुन । उनीहरुलाई नेकपा कञ्चनपुर १की उम्मेदवार बीना मगर, नेकपा बेलडाँडी इन्चार्ज जिवनराज थापा, ईश्वरीदत्त भट्ट, डम्बर ब. शाह सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।







