बिरेन्द्र बाग/ कञ्चनपुर: निर्वाचन क्षेत्र ३बाट राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का उम्मेदवार ज्ञानेन्द्र सिह महतालाई जिताउनका लागि नेकपा एमाले प्रभावशाली महिला नेतृ रास्वपामा प्रवेस गरेकी छिन ।

शनिबार रास्वपा क्षेत्र ३ का उम्मेदवार ज्ञानेन्द्र सिह महताको बाचा पत्र घोषणा कार्यक्रममा एमाले प्रभावशाली नेतृ कलसादेवी महरा नेकपा प्रवेस गरेकी हुन ।
रास्वपा नेता ईन्जिनियर जगदिश अवस्थीले पुर्व सासद एव एमाले सुप प्रदेश कमिटि सदस्य महरा सहितका एमाले नेता कार्यकर्ताहरु रास्वपा प्रवेस गरेको बताए । एमाले नेतृ महरा सहित मनिराम पार्की, राम लुहार, राजेश ओखेडा, पुरक ओड, रोहित सिह ओड, समसेर ओड, बिरेन्द्र धानुक, रनि ओड, हरिसिह खोड सहितका नेता कार्यकर्ताहरुले समेत रास्वपा प्रवेस गरेका छन । उनीहरुलाई रास्वपा केन्द्रीय प्रचारप्रसार विभागका सदस्य डा. जनकराज पन्तले चुनाव चिन्ह सहितको ब्याज वितरण गरेर पाटी प्रंवेस गराएका हुन । केही समय अघि एमाले त्यागेकी महराले देशका लागि एमाले अरु दल भन्दा रास्वपा चाहिने भएकाले आफुले रास्वपा प्रवेस नभई विचार परिर्वतन गरेकी बताएकी छिन ।

महराले अब देशलाई रवि बालेनले मात्रै हाक्न सक्ने अनि एमाले र उसको नेतृत्वबाट केही नहुने बरु जनतालाई उल्लु बनाउने मात्रै काम भएकाले एमालेमा बस्न नसकिने भएकाले रास्वपाको विचार बोकेर उम्मेदवार जिताउने अभियानमा खटिने प्रतिबद्धता जोहर गरेकी छिन ।

रास्वपा कञ्चनपुर ३का युवा स्वच्छ छविका उम्मेदवार ज्ञानेन्द्र महता जिताउन बाँकी परिर्वतन विचार भएकाले एमाले नेता कार्यकर्ताहरुको समेत विचार परिर्वतन गराउने बताईन । रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले पछिल्ला दिनहरुमा एमाले, काँग्रेस सहित अन्य दलका नेता कार्यकर्ता रास्वपा प्रवेस गर्दै परिर्वतनको पक्षमा रहेको बताए । उम्मेदवार महताले क्षेत्रका ३०वटै वडाहरुमा चुनावी कार्यक्रममा जनताको रास्वपाप्रति आकर्षण बढिरहेको बताउँदै रास्वपामा मत हाल्न मतदाता ब्यग्र प्रतिक्षामा रहेको घोषणा गरेका छन ।







