कञ्चनपुर निर्वाचन क्षेत्र नं. ०१: बीना मगर जिताउन बेलडाँडी, बेलौरीका एमाले काँग्रेसका नेता कार्यकर्ता नेकपातिर


कञ्चनपुर: महिला नेतृ बीना मगर जिताउनका लागि कञ्चनपुरको बेलौरी र बेलडाँडीमा नेकपा एमाले र नेपाली काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेका छन ।

शुक्रबार बेलडाँडी, बेलौरीमा एक कार्यक्रमका विच एमाले, काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेका हुन । उनीहरुले क्षेत्रको विकासका लागि नेकपा नेतृ एव पुर्वमन्त्री बीना मगर जिताउन लागि आफ्नो पाटीमा रहदा जिताउन नसकिने र बीना जिताउनका लागि नै पाटी परित्याग गरेका छन । नेकपा बेलडाँडीका संयोजक डम्बर बहादुर शाहले एमाले काँग्रेसका दर्जनौँ नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेको बताए ।

नेकपा नेता शाहका अनुसार एमाले कञ्चनपुरका जिल्ला सल्लाहकार सदस्य समेत रहेका महाकाली सिँचाई केन्द्रीय जल उपभोक्ता संघका अध्यक्ष भीम बहादुर थापा, प्रदेश सल्लाहकार सदस्य बिरु गिरी, बिर बहादुर विष्ट, एमाले नेतृ रमा भण्डारी(विष्ट), एमाले नेताहरु धनीदत्त भट्ट, लक्ष्मण सुनार, दिनेश चौधरी, यस्तै नेपाली काँग्रेसका मान ब. चौधरी, राम ब. चौधरी, जगत राना सहितका नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेका हुन । उनीहरुलाई नेकपा कञ्चनपुर १ की उम्मेदवार बीना मगर, नेकपा बेलडाँडी इन्चार्ज जिवनराज थापा, ईश्वरीदत्त भट्ट, डम्बर ब. शाह सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यस अघि पनि बेलडाँडीमा बीना मगर जिताउनका लागि काँग्रेस, एमाले सहितका अन्य दलका नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरिसकेका थिए । यसैविच महिला नेतृ बीना मगरलाई बहुमतका साथ जिताउनका लागि नेपाली काँग्रेस बेलौरीका नेता कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटी(नेकपा) प्रवेस गरेका छन ।

नेकपा युवा नेता हिमेश थापाले काँग्रेस बेलौरीका नेता ठाकुर चौधरी, झकर डगौरा सहितका दर्जनौँ नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेको बताए । नेता थापाका अनुसार शुक्रबार काँग्रेस बेलौरीका थारु नेताहरुले पाटी परित्याग गर्दै नेकपा प्रवेस गरेको बताए । उनीहरुलाई नेकपा उम्मेदवार बीना मगर, नेकपा नेता जिवनराज थापा, दिपा चौधरी, बिनोद नेपाली, हिमेश थापा सहितका युवा नेता कार्यकर्ताहरुले पाटीमा स्वागत गरेका छन ।

काँग्रेसमै बस्दा बीना मगरलाई जिताउन समस्या हुने भएकाले पाटी नै परित्याग गरेर नेकपा प्रवेस गरेको जनाएका छन । उनीहरुले अब महिला नेतृ बीना मगर जिताउन अहोरात्र खटिने बताएका छन । पछिल्ला दिनहरुमा बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडीमा काँग्रेस, एमाले सहितका अन्य दल परित्याग गर्दै नेकपा प्रवेस गर्नेहरुको लहर नै चलेको छ ।

 


ताजा समाचार

spot_img