कञ्चनपुर:महिला नेतृ बीना मगर जिताउनका लागि कञ्चनपुरको बेलडाँडीमा नेकपा एमाले र नेपाली काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेका छन ।

शुक्रबार बेलडाँडीमा एक कार्यक्रमका विच एमाले, काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेका हुन ।
उनीहरुले क्षेत्रको विकासका लागि नेकपा नेतृ एव पुर्वमन्त्री बीना मगर जिताउन लागि आफ्नो पाटीमा रहदा जिताउन नसकिने र बीना जिताउनका लागि नै पाटी परित्याग गरेका छन । नेकपा बेलडाँडीका संयोजक डम्बर बहादुर शाहले एमाले काँग्रेसका दर्जनौँ नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेको बताए ।

नेकपा नेता शाहका अनुसार एमाले कञ्चनपुरका जिल्ला सल्लाहकार सदस्य समेत रहेका महाकाली सिँचाई केन्द्रीय जल उपभोक्ता संघका अध्यक्ष भीम बहादुर थापा, प्रदेश सल्लाहकार सदस्य बिरु गिरी, बिर बहादुर विष्ट, एमाले नेतृ रमा भण्डारी(विष्ट), एमाले नेताहरु धनीदत्त भट्ट, लक्ष्मण सुनार, दिनेश चौधरी, यस्तै नेपाली काँग्रेसका मान ब. चौधरी, राम ब. चौधरी, जगत राना सहितका नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेका हुन ।
उनीहरुलाई नेकपा कञ्चनपुर १की उम्मेदवार बीना मगर, नेकपा बेलडाँडी इन्चार्ज जिवनराज थापा, ईश्वरीदत्त भट्ट, डम्बर ब. शाह सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यस अघि पनि बेलडाँडीमा बीना मगर जिताउनका लागि काँग्रेस, एमाले सहितका अन्य दलका नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरिसकेका थिए ।







