माले पाटीले विप्लवमाओवादी सुदूरपश्चिमका उम्मेदवार जिताउन लाग्ने


कञ्चनपुर: नेपाल कम्युपनिष्ट पाटी(माले)ले विप्लव नेतृत्वको नेपाल माओवादी सुदूरपश्चिमका उम्मेदवार जिताउने अभियानमा जुट्ने भएको छ । बिहीबार माले र नेकपा माअोवादीविच माओवादीका उम्मेदवार जिताउने अभियानमा जुट्ने सहमती भएको हो । नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज एव क्षेत्र ३ का उम्मेदवार विष्णू प्रकास उपाध्यायले मालेले माओवादी सुपका १६वटै क्षेत्रका उम्मेदवार जिताउने सहमती भएको बताए ।

मालेले २१फागुनमा हुने निर्वाचनमा नेकपा माओवादीका उम्मेदवारको गोलो घेरा भित्रको गुलाबको चिन्हमा मतदान गर्ने सहमती भएको छ । नेकपा माअोवादीका तर्फबाट समानुपातिक उम्मेदवार एव पोलिट्ब्यूरो सदस्य रगनाथ ढकाल, केन्द्रीय सदस्य प्रकास मल्ल, गणेश ढकाल, दिल ब. साउद, कञ्चनपुर ३का उम्मेदवार समेत रहेका केन्द्रीय सदस्य विष्णू प्रकास उपाध्याय र मालेका तर्फबाट सुप प्रदेश सह इन्चार्ज परेक ब. रावल, प्रदेश सचिव दिल ब. कुँवर, प्रदेश सदस्य बल विश्वकर्मा, समानुपातिक उम्मेदवार शारदा बटाला, जित ब. साउद, कञ्चनपुर सचिव महेन्द्र विष्टले हस्ताक्षर गर्दै माओवादी उम्मेदवार जिताउने अभियानमा खटिने घोषणा गरेका छन ।


ताजा समाचार

spot_img