मतदानमा खटिने कञ्चनपुरका कर्मचारीलाई तालिम


कञ्चनपुर :  २१ फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा खटिने कञ्चनपुरका कर्मचारीलाई तालिम दिईएको छ । जिल्लाका तीनै निर्वाचन क्षेत्रमा खटिने कर्मचारीलाई तालिम दिईएको हो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले मतदानका खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत कर्मचारीलाई तालिम दिईएको बताए । जिल्लामा १, २ र ३वटै निर्वाचन क्षेत्रमा खटिने कर्मचारीलाई एक दिने तालिम दिएको बताए । तीनै निर्वाचन क्षेत्रका २अस्थायी सहित ३सय ६२मतदान केन्द्रमा खटिने ७सय २४मतदान अधिकृतलाई अभिमुखिकरण एव तालिम लिईएको छ ।

तीनै क्षेत्रमा खटिने निर्वाचन अधिकृतहरुलाई तालिम दिए लगत्तै मुख्य निर्वाचन अधिकृत भण्डारी सहितका अन्य क्षेत्रका निर्वाचन अधिकृत, सहायक मतदान अधिकृत सहितका कर्मचारीले मतदान स्थलको अनुगमन गरेका छन । जिल्ला निर्वाचन अधिकारी हरिशचन्द्र भट्टले तीनै निर्वाचन क्षेत्रमा खटिने कर्मचारीलाई तालिम दिएसंगै उनीहरुलाई निर्वाचन समाग्री सहित १८फागुनमा आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर कामकाज गर्र्ने गरेर तयारी अघि बढाएको बताए ।

भीमदत्त नगरपालिका र जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र तोकिएको छ । ३सय ६२मतदान केन्द्रमा २हजार ८सय ९६ कर्मचारी खटिनेछन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले निर्वाचनको पूर्ण सुरक्षा ग्यारेन्टी भएको बताउँदै, निर्वाचनमा खटिने कर्मचारीले आयोगले तोके अनुरुप जिम्मेबारी निर्वाह गर्न निर्देशन दिएका छन । १ तेस्रो लिङ्ग सहित १लाख, ६० हजार, ३सय १६ महिला र १लाख, ५४ हजार ६८ पुरुष रहेका छन । अहिले ६ हजार २सय ४८ महिला मतदाता बढी रहेका छन ।


ताजा समाचार

spot_img