घरमा रुख ढल्ला बेदकोटकी शारदाको मृत्यु, सिता घाईते

कञ्चनपुर : कञ्चनपुरमा घरमा रुख ढलेर एक महिलाको मृत्यु भएको छ, भने अर्की महिला घाईते भएकी छिन । गयराती बेदकोट नगरपालिका ३पेतिलालका कुल बहादुर महताको घरमा रुख ढक्का ५० बर्षिया शारदा महताको मृत्यु भएको छ, भने ४० बर्षिया सिता महता घाईते भएकी हुन ।

कञ्चनपुरका प्रहरी प्रवक्ता हेम बहादुर शाहीले घर छेउमै रहेको कुसुमको रुख कच्ची घरमा ढलेपछि शारदाको घटना स्थलमै ज्यान गएको र सिता घाईते भई महाकाली अस्पतालमा उपचार भईरहेको बताए । हावाहुरी बीनै ढलेको रुखले महताको घरमा ब्रजपात मच्चिएको छ । शारदाको निधन र सिता घाईते भएसंगै घर परिवार शोकाकुलमा डुबेका छन ।

ताजा समाचार

spot_img