पप्पु गुरुङ्ग, दोधारा । देशभर चुनावी रौनक छाईरहेको बेला कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नंं ३ बादी बस्ती भने सुनसान छ्् । बादी बस्तीमा न त कोही नेता जान्छ, न बादी घरपरवारलाई नै चुनावको केही परवाह छ् । दलहरुका अनेकथरी एजेन्डामा भोट माग्ने उम्मेदवारका प्राथमिकता खासै बादी समुदाय पर्दैनन् । बस्तीमा चुनाव नलागे पनि बादी घरपरिवारलाई फागुन २१ गते भईरहेको प्रतिनिधी सभा निर्वाचन बारे जानकार छन् । यद्यपि, नेता तथा उम्मेदवार बस्तीमा नआएकामा उनीहरुलाई गुनासो रहेको बादी बस्तीका सिता बादी बताउनुहुन्छ् । बदलिएको राजनीतिक घटनाक्रम बारे धेरथोरै खबर पनि आफुहरुले सामाजिक सञ्जालबाट खबर पाउदै आएको बताउदै सिता बादीले उम्मेदवार घरमा आएपछि आफ्नो र आफ्नो समुदायको पिडा सुनाउन मनमै रहेको बताउनुभयो ।

बस्तीमा जंगली हात्तीको आतंक, त्रिपालमा बस्दै आएको आफुहरुको पिडा, बेरोजगारीको समस्या लगाएत थुप्रै समस्याहरु उम्मेदवार र नेताहरुलाई पोख्न नपाएकोमा सिता बादीको चिन्ता छ् । दोधारा चाँदनी नगरपालिकाको चारै तिर आफ्नो उम्मेदवार जिताउनको लागी चुनावमा घरदैलो, पर्चा पम्पलेट, प्रचार प्रसार ब्याप्त भएको बेला बडुवालको झण्डै १२ घरधुरीमा बसोबास गर्ने बादी घरपरिवारलाई दलहरुले समेत आफुहरुलाई अपहेलना गरेको आभाष दिएको बादी समुदायका मुखिया बिरभाने बादी बताउनुहुन्छ् ।

स–साना त्रिपालले छाएको झुप्रामा जिवन यापन गर्दै आएका बादी समुदायलाई बिहान र साँझ के खाने चिन्ता नै ज्युको त्युँ छ् । उनीहरुको पिडा कसैले समाधान गर्ने तर्फ चाँसो देखिन्न् ।

‘हाम्रो पिडा कसले समाधान गर्ला ? देशमा गणतन्त्र आयो भन्छन् । तर हाम्रा दिन भने फेरिएनन्’ बादी बसतीको दुखेशो छ् ।






