पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा उम्मेदवार मान बहादुर सुनारले घरदैलो अभियान सुरु गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न ग्रामिण बस्तीमा नेपाली कम्युनिष्ट पाटी (नेकपा) का तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार मान बहादुर सुनारले मतदाता संग भेट गर्न घरदैलो अभियानलाई तिब्रता दिएका छन् । २०७४ सालमा प्रदेश शुदुरपश्चिम प्रदेशका मन्त्री भईसक्नुभएको उम्मेदवार मान बहादुर सुनार यस पटक जनताको मायाले यस पटक प्रतिनिधी सभा सदस्य पदमा बिजय हुने पक्का भएको दाबी गर्नुभएको छ् ।

बिगतका दिनमा आफु मन्त्री हुदा गरेको बिकासको काम जनताले मुल्याकंन गरेको भन्दै उम्मेदवार मान बहादुर सुनारले घरदैलो क्रममा जनताको माया पाएको उहाँले बताउनुभयो । कञ्चनपुर क्षेत्रमा लालपुर्जा समस्या, वन्यजन्तु आतंक, महाकाली र जगबुडा तटबन्ध निमार्ण, सुख्खाबन्दरगाह, महाकाली पक्की पुल निमार्ण, लगाएत यस क्षेत्रको पर्यटकिय क्षेत्रको बिकास कार्य रहेको हुदा आफ्नो उम्मेदवारी रहेको उम्मेदवार मान बहादुर सुनारले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा उम्मेदवार मान बहादुर सुनार लगाएत पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले ब्यापकरुपमा घरदैलो अभियान गर्दै आएको नेपाली कम्युनिष्ट पाटी (नेकपा) दोधारा चाँदनी नगर कमिटिले जनाएको छ् ।

नेपाली काग्रेंस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा), विप्लव निकट नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा), उज्यालो पाटी नेपाल, राष्ट्रिय जनमोर्चा सहितका दलका उम्मेदवार एवम् स्वतन्त्र उम्मेदवार तथा नेता, कार्यकर्ता मत माग्दै कञ्चनपुर क्षेत्र नं. ३ का घरदैलोमा पुगिरहेका छन ।






